सन् २०१२ मा चेल्सीसँग बार्सिलोना पराजित हुँदाको रेफ्रीले नै आजको खेल खेलाउने

बार्सा नेपाल, फागुन ८ । बार्सिलोनाले अबको केही घण्टापछि चेल्सीको घरेलु मैदानमा च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग खेल्दैछ । स्टामफोर्ड ब्रिजमा हुने खेलको लागि रेफ्री समेत तय भइरहेको छ । टर्कीका रेफ्री जुनेइट चाकरले उक्त खेल खेलाउनेछन् ।

यसभन्दा अघि पनि उनले चेल्सी र बार्सिलोनाबीचको खेल खेलाईसकेका छन् । सन् २०१२ को अप्रिल २४ मा च्याम्पियन्स लिगको सेमिफाइनल खेल खेलाएका हुन् । क्याम्प नाउमा भएको उक्त खेलमा उनले जोन टेरीलाई पहिलो हाफमै रेड कार्ड दिएका थिए ।

४१ वर्षीय चाकर सन् २००६ देखि फिफामा आबद्ध रेफ्री हुन् । उनले सन् २००१ देखि टर्कीको व्यवसायीक लिग सुपर लिग खेलाउँदै आएका थिए । सन् २०१० देखि भने च्याम्पियन्स लिगका खेलहरु खेलाउँदै आएका छन् ।

चाकलरले हालसम्म १७० वटा भन्दा बढी खेलहरुमा रेफ्रीको भूमिका निर्वाह गरेका छन् । जसमा १२ वटा डर्बी भिडन्त पनि रहेका छन् साथै उनले सन् २०१५ मा भएको युभेन्टस र बार्सिलोनाबिरुद्धको च्याम्पियन्स लिगको फाइनल खेलाएका थिए ।

त्यस्तै, यूरोकप २०१२ को फाइनल, सन् २०१३ मा भएको फिफा क्लब वल्र्ड कप, सन् २०१४ मा सम्पन्न फिफा वल्र्ड कपको सेमिफाइनल, खेलाई सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here