के टेर स्टेगनले नेयमारको स्थानान्तरणको बारेमा यस्तो भनेकै हुन् त ?

बार्सा नेपाल, फागुन ७ । बार्सिलोनाको मुख्य गोलरक्षक टेर स्टेगनले यसै सिजनको समर ट्रान्सफर विन्डोमा क्लब छोडेका नेयमारको बारेमा टिप्पणी गरेको समाचारहरु प्रकाशित भएका छन् ।

इएसपीएनसँगको कराकानीमा टर स्टेगनले नेयमार पीएसजी गएपछि बार्सिलोना झनै बलियो भएर आएको प्रतिक्रिया दिएको भनेर समाचारहरु प्रकाशित भएका हुन् ।

मिडियाभन्दा पनि समाजिक सञ्जालमा बढी सक्रिय टेर स्टेगनले नेयमारको प्रस्थानले क्लबले केही पनि नगुमाएको बरु टिम राम्रो बनाउनको लागि सबैले कडा मेहनत गरेको तथा अन्य क्लबबाट पनि राम्रा खेलाडीहरुलाई ल्याउन सफल भएको भन्ने उनको प्रतिक्रिया थियो ।

‘मेसी भनेको मेसी नै हुन्, धन्न मैले उनीबिरुद्ध खेल्नु परेको छैन’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here