फुटबलमा अचम्मको कीर्तिमानी, एउटै खेलमा १० वटा रातो कार्ड खर्च

फागुन ७ । फुटबल इतिहासमा एउटा नयाँ कीर्तिमानी बनेको छ । ब्राजिलमा एउटै खेलमा रेफ्रीले १० वटा रातो कार्ड खर्चेपछि नयाँ कीर्तिमानी थपिएको हो । बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताका क्रममा बाहिया र भिटोरिया क्लबबीचको खेलमा १० रातो कार्ड देखाइएको हो ।

खेलको पहिलो हाफमा घरेलु टोली भिटोरियाले १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा पाहुना टोलीले पाएको पेनाल्टीलाई गोलमा बदलेपछि तनाव शुरु भएको थियो । दुबै टोलीका खेलाडीले मुक्का बर्साउन थालेपछि ८ खेलाडीलाई रातो कार्ड देखाईयो । पछि थप दुई खेलाडीले रातो कार्ड पाएपछि रेफ्रीले खेल रोकेका हुन् ।

खेलका क्रममा दुबै टोलीका ५/५ खेलाडीले रातो कार्ड पाएका थिए । अन्य ८ खेलाडीलाई भने पहेंलो कार्ड देखाइएको थियो । १० वटा रातोकार्ड देखाइएपछि रेफ्रीले खेल स्थगित गरेका थिए ।

तर, यो खेलमा बाहियालाई ३–० को जित दिन सकिने सम्भावना प्रबल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here