लेइभाको ब्रेस गोलमा बार्सा बीको उत्कृष्ट पुनरागमन

बार्सा नेपाल, फागुन ७ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोना बीले उत्कृष्ट पुनरागमन गर्दै लुगोलाई २–१ गोलले पराजित गरेको छ ।

लुगोको घरेलु मैदानमा सम्पन्न सेगुन्डा डिभिजनको खेलमा बार्सिलोना पहिलो हाफमा १–० ले पराजित रहेको थियो । खेलको १७ औं मिनेटमा घरेलु टिमको लागि चुलीले गोल गरे । तर, दोस्रो हाफमा बार्सिलोना बीले सुन्दर खेल खेल्यो ।

खेलको ५० औं मिनेट तथा ७० औं मिनेटमा माटियास नाहुयल लेइभाले गोल गरेपछि बार्सा बीको जित निश्चित भएको हो ।

लिगमा २७ खेल खेलेको बार्सा बी ३३ अंकको साथ लिगको १५ औं स्थानमा छ । सिजनको शुरुमा लय गुमाएको बार्सा बीले पछिल्लो समय खेलमा सुधार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here