रियल मड्रिडलाई हराउँदै ‘बार्सा लास्सा’ले जित्यो कोपा डेल रे उपाधी

बार्सा नेपाल, फागुन ७ । बार्सिलोनाको बास्केटबल टिम बार्सा लास्साले कोपा डेल रे– २०१८ उपाधी जितेको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडको बास्केटबल टिमलाई क्याटालानको बार्सा लास्साले हराएर उक्त उपाधी कब्जा गरेको हो ।

लासा पाल्माज एरिनामा सम्पन्न खेलमा बार्सा लास्साले रियल मड्रिडलाई ९२–९० अंकले हराएको हो । बार्सा लास्साको लागि

बढी योगदान पाउ रिब्सले गरे । उनले २१ अंक जोडे भने टोमिकले १७ अंक, हाङ्गाले १२ अंक, स्यान्डर्सले १२ अंक, हेउरटेलले ८ अंक जोड्न सफल भए ।

बार्सा लास्साले पहिलो तथा चौथो क्वार्टर गुमाएको थियो पहिलो क्वार्टरमा १५–२१ तथा चौथोमा २५–३९ अंक ल्यायो । तर दोस्रो र तेस्रो क्वार्टरमा रियलको भन्दा बढी अंक जोड्न सफल रह्यो । दोस्रो क्वार्टरमा २५–२३ तथा तेस्रोमा २७ –१८ अंक जोडेको बार्सा लास्साले समग्रमा ९१–९० को योगपल तयार पारेको हो ।

यो बार्सा लास्साको सिजनको पहिलो उपाधी हो । क्लबले हालसम्म २४ वटा कोपा डेल रे जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here