यी सेलिब्रेटीहरु जो बार्साको कट्टर समर्थक हुन्

    बार्सा नेपाल । धेरै सेलिब्रेटीहरुले बार्सिलोनाको खेललाई मन पराउँछन् । ति मध्ये कतिपयले खुलेरै समर्थन गर्छन् भने कतिपय खेलमात्रै हेर्छन् । यहाँ हामीले १० जना बार्सा समर्थक सेलिब्रेटीहरुको जानकारी प्रस्तुत गरेका छौं ।

    साकिरा

    कोलम्बियन सु–प्रसिद्ध गायीका साकिरा बार्साका डिफेन्डर जेरार्ड पिकेको प्रेमिका हुन् । उनी सम्भव भएसम्म बार्सिलोनाको खेल हेर्न पुग्छिन् । बार्सिलोनाले उपाधी जित्दा उनी आफ्ना दुई सान्ताहरुसहित ट्रफी सेलिब्रेसन गर्न पुग्छिन् ।

    कोबी ब्रायन्ट

    कोबी ब्रायन्ट विश्वप्रसिद्ध अमेरिकन बास्केटबल खेलाडी हुन् । बास्केटबका हस्ती उनी बार्सिलोनाका समर्थक हुन् । उनी र बार्सिलोनका खेलाडीहरुबीच राम्रो सम्बन्ध समेत रहेको छ । उनी बार्सिलोनको प्रदर्शनको बारेमा खुलेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छन् ।

    बिल गेट्स

    माइक्रोसफ्टका अध्यक्ष बिलग गेट्स पनि बार्सा समर्थक हुन् । उनले प्रायः बार्सिलोनाको खेलहरु हेर्ने गरेका छन् । उनी बार्सिलोनाका फाउन्डेसनसँग पनि नजिक रहेका छन् ।

    जस्टिन बिबर


    युवापुस्ताका चर्चित गायक जस्टिन बिबर बार्सिलोनका समर्थक हुन् । क्यानेडियन बिबर क्याम्प नाउको भ्रमणमा पनि आएका छन् । उनले सो भ्रमणको बेला बार्साका खेलाडीहरुसँगै अभ्यास गरेका थिए । सार्थ चर्चित ट्रियो एमएसएन तथा राफिन्हासँग खिचेको फोटो चर्चित बनेको थियो ।

    म्याजिक जोनसन

    अर्का अमेरिकन पूर्व बास्केटबल खेलाडी म्याजिक जोनसन पनि बार्सा समर्थक हुन् । बास्केटबलका हस्ती जोनसनको टिमले सन् १९९२ मा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । उनी बार्सिलोनाको बास्केटबल टिमसँग पनि नजिक छन् ।

    रणवीर कपुर

    बलिउडका चर्चित नायक रणवीर कपुर पनि बार्सा समर्थक हुन् । मुम्बाई सिटी एफसीका मालिक समेत रहेका रणवीर समय समयमा बार्साको खेल हेर्न क्याम्प नाउ पुगिरहेका हुन्छन् । उनका प्रिय खेलाडी लियोनल मेसी हुन् । उनलाई बार्सिलोनाका अध्यक्ष बार्तोमेउले जर्सी समेत प्रदान गरेको छ । उनले एक टेलिभिजको अन्तर्वार्तामा आफुलाई बार्साको खेल्ने शैली, त्यहँका खेलाडी मन पर्ने बताएका थिए ।

    हाभियर बार्डेम

    स्पेनका चर्चित नायक हाभियर बार्डेम बार्साका कट्टर समर्थक हुन् । लास पाल्माजमा जन्मेको भए पनि उनी बार्साका समर्थक बनेका हुन् ।

    झोसे लुईस रोड्रिग्वेज जापाटेरो

    स्पेनका १६१ औं प्रधानमन्त्री जापाटेरेका बार्सिलोना ठूला समर्थक हुन् । उनी बार्सिलोनाको खेल हेर्न समय समयमा क्याम्प नाउ जाने गर्छन् ।

    जोर्डी पुजोल

    जोर्डी पुजोल क्याटालानका ठूला राजनीतिज्ञ हुन् । उनी डेमोक्राटिक कन्भर्जेन्स क्याटोलोनियाका अध्यक्ष समेत हुन् । उनी बार्सिलोनामै जन्मेको हुनाले अझै बार्सालोनासँग बढी नजिक छन् ।

    एलेक्स कोरेटजा

    पूर्व स्पेनिस टेनिस खेलाडी

    पाउ गासोल

    पूर्व बाास्केटबल खेलाडी

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here