एइबारसँगको कठिन जितमा कुन खेलाडीको कस्तो योगदान ?

बीएन रेटिङ्ग

बार्सा नेपाल, फागुन ६ । शनिबार राति सम्पन्न स्पेनिस लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले एइबारसँग कठिन जित निकाल्यो । पाहुना टोलीको जितमा खेलको १६ औं मिनेटमा लुईस स्वारेज तथा ८८ औं मिनेटमा जोर्डी अल्बाले गोल गरे ।

प्रायः धेरै खेलमा बल पोसेसन होल्ड गर्ने बार्सिलोनाले हिजो पोसेसन गुमायो । घरेलु टिमले ५१ प्रतिशत बल नियन्त्रणमा लियो र लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनालाई खेल अवधिभर दवावमा राख्यो । एइबारले ७ वटा बल टार्गेटमा प्रहार गर्यो भने ६ वटा कर्नर पायो ।

यहाँ हामीले एइबारसँगको खेलमा बार्साका खेलाडीहरुको प्रदर्शनको आधारमा रेटिङ्ग तयार गरेका छौं ।

टेर स्टेगन ८.५/१०
एइबारसँगको खेलमा गोलकिपर टेर स्टेगन निकै व्यस्त रहे । विपक्षीले प्रहार गरेको बल मात्रै होइन डिफेन्डरले दिन ब्याक पासमा पनि उनको सहभागिता रह्यो । उनले विपक्षीले गरेको ३ वटा प्रहार बचाए । त्यस्तै ७ वटा फेम बाहिर हान्दा, ६ वटा कर्नर हान्दा पनि उनी ब्यस्त रहे ।

सर्जी रोबर्टो ७.५/१०
एइबारले हाइ प्रेसिङ गेम खेल्दा बार्साका सबै डिफेन्डरहरु निकै व्यस्त रहे । उनले अगाडि बल लानलाई पनि मद्त गरे ।

जेरार्ड पिके/युम्टीटी/जोर्डी अल्बा ८.५ १०

तुलनात्मक रुपमा सर्जी रोबर्टोको प्रदर्शन भन्दा जेरार्ड पिके, स्यामुअल युम्टीटी तथा जोर्डी अल्बाको प्रदर्शन अत्यान्तै सुन्दर थियो । एइबारसँग बार्सिलोनाको हार टार्नमा डिफेन्स लाईनको निकै ठूलो योगदान छ । लिगमा राम्रो प्रदर्शन गरिरहेको एइबारले बार्सिलोनालाई मात्रै होइन कडा टिमलाई पनि चुनौती दिइरहेको छ । बार्साको जितमा डिफेन्स लाईनको मुख्य भूमिका थियो भन्दा फरक पर्दैन ।

सर्जियो बुस्क्वेट ८/१०

सदाजस्तै बुस्केटले मिडफिल्डबाट राम्रो खेल खेले । अगाडि बढिरहेको आइबारलाई रोक्नमा होस् वा उनीहरुप्रति दवाव सृजना गर्न होस् जिम्मेवार भएर उनले खेल खेले ।

इभान राकेटिच ७/१०

राकेटिचके अट्याकिङ साँच्चै फितलो रहेको थियो । केही अघि बढाउनुपर्ने बललाई पछाडि नै खेलाए । तर उनले पनि डिफेन्डरको जस्तै भूमिका निभाएका थिए । विपक्षीको बल खोस्नमा उनी सफ देखिए ।

इनियष्टा ७.५/१०

लगातार खेल खेलिरहेका इनियष्टा आइबारसँगको खेलमा थाकेको जस्तो देखिन्थे । साँच्चै उनलाई आरामको आवश्यकता थियो । यद्यपी उनले खेल खेले र मेसीसँग उनले तालमेल मिलाउने प्रयास पनि गरे । तर, सफल भएनन् ।

पाउलिन्हो ६/१०

पाउलिन्होको प्रदर्शन आइबारसँग सन्तोषजनक रहेन । सिजनको शुरुमाक आगो भएर निस्केका उनी सिजनको दोस्रो हाफपछि पानी भएका छन् । आइबारसँगको खेलमा उनको प्रायः केही योगदान रहेन । उनले एउटा गोल गर्ने अवसर खेर फाले ।

स्वारेज ८.५/१०

बार्सिलोनालाई घरेलु टिमले निकै दवावमा राखेको बेला पनि स्वारेजले खेलको १६ औं मिनेटमा गोल गरेर पाहुना टिमको आत्मविश्वास बढाए । उनले मेसीको पासलाई बुझे र गोल किपरलाई पनि बिट गरेर गोल गरे । उनले मेसी तथा पाउलिन्होसँग गोलको लागि तालमेल पनि गरे । केही अवसरहरु पनि निकाले तर, सफल भएनन् ।

मेसी ८.५/१०

बार्सिलोनाले गोलको खाता खोल्दा मेसीको ठूलो योगदान छ । उनले ठाउँ नै नभएको ठाउँबाट स्वारेजलाई पास दिए । साथै उनले गोलको लागि प्रयास पनि गरे तर, सफल भएनन् । गोलकिपर बाधक बने । मेसी यस सिजन लिगको उच्च गोलकर्ता मात्रै होइनन् सर्वाधिक एसिस्ट गर्ने खेलाडी पनि बनेका छन् ।

बैकल्पिक खेलाडी

कोउटिन्हो ६/१०

खेलको ६३ औं मिनेटमा आन्द्रेज इनियष्टाको स्थानमा मैदान प्रवेश गरेका उनले गोलको लागि अवसर पनि सृजना गरे । तर, अझै पनि उनी बार्साको खेल्नै शैलीसँग पोख्त नभएको खेलमा प्रश्टै देखिन्थ्यो

एलेक्स भिडाल ५/१०

खेलको ७४ औं मिनेटमा पाउलिन्होको स्थानमा मैदान प्रवेश गरेका उनको योगदान खासै केही रहेन पाउलिन्होले जस्तो खेल पस्के उनले पनि सोही खेल पस्के ।

सेमेडो

खेलको अन्तिम समयमा सर्जी रोबर्टोको स्थानमा मैदान प्रवेश गरेका उनले केही पासहरुमात्रै खेल्न पाए । त्यसैले उनको रेटिङ राखिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here