एइबारसँगको खेलमा भालभर्डेले यी कुराहरुमा ध्यान पुर्‍याउन आवश्यक

बार्सा नेपाल, फागुन ५ । यूरोपको चर्चित पाँच घरेलु लिगमध्येका क्लबहरुमा बार्सिलोना मात्रै एक अपराजित टिम हो । बार्सिलोनाले आज लिगको २४ औं खेल एइबारसँग बेलुकी ९ बजे (नेपाली समयअनुसार) खेल्दैछ । एइबारले यस सिजन लिगमा राम्रो प्रदर्शन गरिरहेको छ र झण्डै झण्डै यूरोपा लिग खेल्ने क्लबहरुको स्थानमा आइपुगेको छ ।

यसअर्थमा आजको खेल बार्सिलोनाको लागि सहज पक्कै हुनेछैन । त्यसैले बार्सिलोनका प्रशिक्षक अर्नेष्टो भालभर्डेले खेलमा केही कुराहरुलाई ध्यान दिनुपर्नेहुन्छ ।

फर्मेसनमा परिवर्तन

बार्सिलोना यस सिजन अपराजित रहनुको कारण अर्नेष्टो भालभर्डेको नयाँ फर्मेसनको शैली पनि एक हो । यसअघि ४–३–३ फर्मेसनमा खेल्दै आएको बार्साले ४–४–२ खेल्दा अझै बलियो देखियो । तर, सिजनको दोस्रो हाफको पछिल्ला केही खेलहरुमा बार्सिलोना सफल भएको छैन । पछिल्ला दुई खेल बराबरीमा सकिएको छ । गेटाफेसँग त झनै क्याम्प नाउमा गोल हान्न पनि सकेन । सोही कारणले आजको खेलमा बार्सिलोनाले मिडफिल्डमा ३ जना मात्रै खेलाएर अग्रभागमा पनि ३ जना नै खेलाउनु पर्ने देखिन्छ । यसको लागि मोटो रकम तिरेर ल्याएको डेम्बेले तथा कोउटिन्हो नै बिकल्प हुनसक्छ ।

नेल्सन समेडो स्टार्टिङ ११ मा

पोर्चुगिज सेमेडोले यस सिजनको लिगमा जम्म ८२२ मिनेट मात्रै खेल्न पाएका छन् । कम खेल खेलेको भएर मात्रै होइन समेडो एइबारसँगको खेलको लागि राम्रो बिकल्प पनि हो । राइट ब्याक सेमेडोले एइबारका फरवार्डहरु सर्जी इर्रिच, किकी तथा चाल्र्समध्ये जो उनको स्थानबाट खेल्छन् उनीहरुलाई रोक्न सक्ने क्षमता पनि छ । ला लिगामा फाउल गर्ने टिमको सूचीमा एइबार पनि पर्ने भएकोले सर्जी रोबर्टोको सट्टा उनी एक बिकल्प हुनसक्छन् । एइबारले यस सिजन २८८ वटा फाउल गरिसकेको छ । त्यस्तै २ वटा रेड कार्ड तथा ४१ वटा पँहेलो कार्ड एइबारका खेलाडीहरुको नाममा रहेको छ ।

केही खेलाडीहरुलाई आराम

भालभर्डेले यस सिजन केही खेलाडीहरुलाई प्रसस्त खेल्ने समय दिएका छन् । जस्तो, आन्द्रेज इनियष्टा, लियोनल मेसी बुस्क्वेट जस्ता खेलाडीहरुलाई आरामको आवश्यकता छ । बुधबार राति १ः३० बजे (नेपाली समयअनुसार) चेल्सीको घरेलु मैदानमा च्याम्पियन्स लिगको अन्तिम १६ को खेल भएको कारणले पनि केही खेलाडीहरुलाई आरामको आवश्यकता छ । एइबारबाट बार्सिलोनाले जिते मात्रै पुग्छ । यदि खेलमा बार्सिलोनाले पहिलो हाफमै कम्तीमा २–० गोलको अग्रता लिएमा केही मुख्य खेलाडीहरुलाई आराम दिर्नुपर्छ ।

ला लिगामा गोमेजको प्रदर्शन राम्रो कि डेनिसको ? (तुलना)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here