इनियष्टा स्टार्टिङ ११ मा, कोउटिन्हो बेन्चमा

बार्सा नेपाल, फागुन ५ । अबको केही बेरमा शुरु हुने एइबार र बार्सिलोनाबीचको खेलको स्टार्टिङ ११ सार्वजनिक भएको छ । सबैको अपेक्षा बिपरित बार्साका प्रशिक्षक भालभर्डेले आन्द्रेज इनियष्टालाई पनि ११ जनाको सूचीमा राखेका छन् ।

यस सिजन धेरै खेल खेलेका उनलाई चेल्सी बिरुद्ध हुने खेलको लागि आराम दिनुपर्ने भन्ने कुरा आएको थियो ।

आजको खेलको डिफेन्स लाईनमा सर्जी रोबर्टो, जेरार्ड पिके, स्यामुअल युम्टीटी तथा जोडी अल्बा रहनेछन् । त्यस्तै मिडफिल्डमा राकेटिच, पाउलिन्हो, इनियष्टा तथा बुस्क्वेट हुनेछन् भने अग्रभागको जिम्मेवारी मेसी र स्वारेजलाई दिइएको छ ।

खेलाडी सूची,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here