मेसी ला लिगाको उच्च गोलकर्ता मात्रै होइनन्, एसिस्टमा पनि अग्रस्थानमा

बार्सा नेपाल, फागुन ५ । बार्सिलोनाले केहीबेरअघि सम्पन्न एइबारसँगको खेलमा २–० को जित निकाल्दा पहिलो गोलमा लुईस स्वारेजलाई लियोनल मेसीले एसिस्ट बल प्रदान गरे ।

हालसम्म लिगमा २४ खेल सकिँदा मेसीले २० गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीको पहिलो स्थानमा रहेका छन् । दोस्रो स्थानमा रहेका स्वारेजले १६ गोल गरेका छन् भने उच्च गोलकर्ताको तेस्रो स्थानमा आयगो आसपास रहेका छन् ।

मेसीले यो सिजन गोल मात्रै गरेका छैनन् । टिमगेममा पोख्त उनले हालसम्मको सर्वाधिक एसिस्ट पनि प्रदान गरेका छन् । उनले आज सम्पन्न खेल सहित एसिस्ट संख्या १० पुर्याएका छन् । दोस्रो स्थानमा रहेका सेल्टा भिगोका सिस्टोले जम्मा ९ वटा एसिस्ट प्रदान गरेका छन् भने तस्रो स्थानमा कोटे रहेका छन् । एइबारका कोटेले हालसम्म ७ वटा बल एसिस्ट प्रदान गरेका छन् ।

एइबारको घरेलु मैदानमा बार्सिलोनाको जित, अपराजित यात्रा कायमै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here