एइबारको घरेलु मैदानमा बार्सिलोनाको जित, अपराजित यात्रा कायमै

बार्सा नेपाल, फागुन ५ । केहीबेर अघि सम्पन्न स्पेनिस लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले एइबारलाई हराएको छ । एइबारको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाको लागि खेलको १६ औं मिनेटमा लियोनल मेसीको पासमा लुईस स्वारेजले तथा ८८ औं मिनेटमा जोर्डी अल्बाले गोल गरे ।

बार्सिलोनाको जित सहज भने थिएन एइबारले घरेलु मैदानमा निकै दवाव दिएको थियो ।

बार्सिलोनाले आगामी खेल चेल्सीसँग खेल्नुपर्ने हुँदा घरेलु टिमले फिजिकल खेल बढी खेलेको थियो । तर, बार्सिलोनाले भने एइबारसँगको खेलमा जित दर्ता मात्रै गर्न खोजेन आगामी खेललाई पनि मध्यनजर गरेर सम्हालिएर खेल पस्केको थियो ।

रेफ्रीले एइबारका खेलाडीहरुलाई ३ वटा एलो कार्ड दिएको थियो भने फबियन ओरेलानाको हर्कतले रातो कार्ड पनि खर्चेका थिए । खेलको ५८ औं मिनेटमा पहँलो कार्ड पाएका उनले ६६ औं मिनेटमा रेफ्रीले गलत निर्णय लिएको भन्दै बल हातले फालेपछि दोहोर पँहेलो कार्ड शिकार हुँदै रातो कार्ड खाएका थिए ।

जितसँगै बार्सिलोनाले ला लिगामा आफ्नो अपराजित यात्रा कायम नै राखेको छ । २४ खेलबाट बार्सिलोनाले ६२ अंक जोडेर लिगको शिर्ष स्थानमा कायम नै छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here