बार्साद्वारा इलेक्ट्रोनिक्स ब्राण्ड बेकोसँग ७१ मिलियनको सम्झौता

बार्सा नेपाल, फागुन ५ । ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले इलेक्ट्रोनिक्स ब्राण्ड ‘बेको’सँग तीन वर्षको थप सम्झौता गरेको छ । क्लबले ट्रेनिङ किट (अभ्यास खेल) मा लगाइने जर्सीको लागि उक्त सम्झौता गरेको हो ।

क्लबले बेकोसँग कति लेनदेन गरेर सम्झौता गरेको भन्नेबारे भने केही खुलाएको

छैन । यद्यपी बार्सिलोनाको स्थानीय संचार माध्यमहरुका अनुसार ५७ मिलियन यूरो अर्थात (७१ मिलियन डलर) लिएर सम्झौता गरेको हो ।

क्लबले बेकोसँग बिहीबार सम्झौता गरेको हो । सम्झौताको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष जोसेफ मारिया बार्तोमेउको साथमा डिफेन्डर जेरार्ड पिके रहेका थिए ।

हाल बार्सिलोनाको पहिलो टिमको जर्सीको बाहुलामा बेकोको लोगो रहेको छ । थप सम्झौता अनुसार अब अभ्यास खेलमा लगाइने जर्सीमा बेकोको लोगो रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here