ला लिगामा गोमेजको प्रदर्शन राम्रो कि डेनिसको ? (तुलना)

बार्सा नेपाल, फागुन ५ । आज राति ९ बजे हुने एइबरसँगको खेलमा मिडफिल्डर आन्द्रे गोमेज खेलाडीहरुको अन्तिम १८ को सूचीमा अटाएका छैनन् । कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियासँग अन्त्यान्तै खराब प्रदर्शन गरेपछि उनी त्यसपछि गेटाफेसँग भएको खेलमा पनि मैदान बाहिरै बस्नुपरेको थियो । उनी मात्रै होइनन् डेनिस स्वारेजले पनि आजको खेल गुमाउने भएका छन् ।

यस सिजन गोमेजले मिडफिल्डर डेनिस स्वारेजभन्दा पनि बढी खेल खेल्न पाएका छन् । ला लिगमा यी दुबैले ११ खेलमा सहभागिता जनाए पनि समयावधिको हिसावले डेनिस स्वारेज पछि परेका छन् ।

गोमेजले ४०४ मिनेट खेलेका छन् भने डेनिसले ३८४ मिनेटमात्रै खेल्न पाएका छन् । ला लिगामा डेनिस स्वारेजले २ गोल तथा २ एसिस्ट पनि गरेका छन् तर गोमेजले नत गोल गर्न सकेका छन् नत एसिस्ट नै । डेनिसको ४ वटा प्रहार टार्गेटमा छ भने गोमेजले २ वटा मात्रै प्रहार पोष्टमा हानेका छन् । त्यस्तै डेनिसले १६ वटा ड्रिबल गर्दा गोमेजले १५ वटा मात्रै गरेका छन् ।

यद्यपी यी दुबै खेलाडी मात्रै होइनन् पाको अल्कासर तथा थोमास भर्माइलिनले पनि आजको खेल खेल्ने छैनन् ।

उता, घाइते भएको कारण गेटाफेसँगको खेल गुमाएका जेरार्ड पिके मात्रै होइन पँहेलो कार्डको कारण एक खेलको निलम्बनमा परेका स्यामुअल युम्टीटी पनि खेलमा फर्केका छन् ।

१८ खेलाडीको अन्तिम सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here