इनियष्टालाई चिनिया क्लबबाट ठूलो प्रस्ताव, के उनले चाइनिज सुपर लिग खेल्लान् ?

बार्सा नेपाल, फागुन ४ । बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टालाई चाइनिज सुपर लिग खेल्ने क्लबबाट स्थानान्तरणको प्रस्ताव आएको छ । उनलाई चिनिया क्लब टियान्जिन क्वान्जिनबाट प्रस्ताव आएको हो । उनलाई एक सिजन खेलेको ३५ मिलियन दिने भन्दै उक्त क्लब इनियष्टाको पछि परेको हो ।

यसको लागि चिनिया क्लबबाट दुई पटकसम्म प्रतिनिधी स्पेन आइसकेका छन् । तर, इनियष्टाले यसबारेमा केही बोलेका छैनन् । स्पेनिस मिडिया स्पोर्टका अनुसार इनियष्टाले यसबारेमा मार्च महिनाको अन्त्यसम्म केही निर्णय नलिने जनाएको छ । तर, चिनिया क्लब भने उनको स्थानान्तरणमा सकारात्मक देखिएको छ ।

चिनिया क्लबले गत डिसेम्बरको अन्त्यबाट उनीसँग स्थानान्तरणको कुरा चलाएको हो । तर, पहिलो भेट भने जनावरीको पहिलो साता भएको थियो । त्यस समयमा इनियष्टाले आफूले क्लब जनारी ट्रान्सफर विन्डोमा नभई समरमा छोड्न सक्ने बताएको समाचारमा उल्लेख छ ।

आर्थिक हिसावले इनियष्टालाई चिनिया क्लबले गरेको अफर हालसम्म कुनै पनि क्लबले नगरेको र नगर्ने सम्भावना पनि रहेकोले केही सिजनको लागि उनी चिनिया क्लब जानसक्ने अनुमान चलेको छ ।

यद्यपी बार्सिलोनाले उनीसँग आजीवन सम्झौता गरेको छ । यसअवस्थामा क्लबको स्वीकृति पाएमा उनी चिनिया क्लब हानिन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here