रियलसँग खेल हारेपछि प्रशिक्षक एम्रीले लगाए रेफ्रीमाथी यस्तो आरोप

बार्सा नेपाल, फागुन ३ । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगमा रियल मड्रिडले बलियो मानिएको पीएसजीलाई हराएपछि प्रशिक्षक युनाई एम्रीले रेफ्रीले पीएसजीलाई न्याय नगरेको बताएका छन् । रियललाई परास्त गर्न बेनाबेउमा पुगेको टिमलाई उल्टै रियलले ३–१ गोल अन्तरले पराजित गरेपछिको पत्रकार सम्मेलनमा कुरा गर्दै एम्रीले पीएसजीको टिमले राम्रो खेल खेलेको तर, रेफ्रीको गलत निर्णयको शिकार बनेको आरोप लगाएका छन् ।

रियलको पक्षमा पेनाल्टी दिनु, रामोसको ह्यान्डबलमाचाँही आफुहरुले पेनाल्टी नपाउनु, किलियन एम्बाप्पेलाई फाउल गर्दा रेफ्री मौन बस्नु दुःखद रहेको बताए ।

खेलअघिको पत्रकार सम्मेलनमा गत वर्ष बार्सिलोनासँग गरेको गल्ती पीएसजीले नगर्ने भनेका उनले हारपछि भने रेफ्रीले गर्दा पीएसजी परास्त भएको कुरा बताएका हुन् । पहिलो लेगको नतिजाबाट आफु असन्तुष्ट रहेको कुरा बताउँदै उनले घरेलु मैदानमा हुने दोस्रो लेगमा ध्यान केन्द्रीत गर्ने बताए । अझै क्वार्टरफाइनलमा पुग्ने आशा नमारेको भन्दै उनले अर्को खेलको लागि ध्यान केन्द्रीत गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here