ला मासियाका उत्पादन आल्कान्तारा पुनः बार्सिलोना फर्किन चाहन्छन्

बार्सा नेपाल, फागुन ३ । ला मासियाका खेलाडी थियागो आल्कान्ताराले पुनः बार्सिलोना फर्कने इच्छा ब्यक्त गरेका छन् । जर्मन क्लब बार्यन म्युनिखमा सन् २०१३ मा गएका उनले बार्साबाटै खेल्न चाहेको कुरा जर्मनीका संचारमाध्यामहरुले प्रकाशित गरेका छन् ।

बार्यनले मिडलफिल्डर लियोन गोरेट्स्कालाई आबद्ध गराउने समाचार सार्वजनिक भएपछि उनी बार्यनमा भविष्य नहुने भन्दै बार्सिलोना आउन चाहेका हुन् । उनी बार्यनका प्रशिक्षक जुप हिन्किजसँग पनि खुसी नभएको समाचारहरु यसअघि नै प्रकाशित हुँदै आएका थिए । हिन्किजले बार्यनसँगको सम्झौता लम्ब्याउने समाचार आएपछि पनि उनी क्लब छोड्ने सोचमा रहेका हुन् ।

सन् २००५ देखि बार्सिलोनामा आबद्ध उनले सन् २००८ देखि २०११ सम्म बार्सिलोना बीबाट खेले । यसैबीचमा उनले सन् २००९ देखि २०१३ सम्म बार्सिलोनाको सिनियर टिमबाट खेले । सिनियर टिमबाट उनले ८६ खेल खेले र ११ गोलको योगदान पनि गरे । त्यसपछि उनी जर्मन क्लब बार्यन म्युनिख लागेका हुन् उनले बार्यनबाट जम्मा ८६ खेल खेल्न पाएका छन् ।

बार्साबाट बार्यन गएपनि उनको खेल्ने शैलीको कारण अधिकांश बार्सा समर्थकले उनको प्रशंसा गर्ने गरेको छ । उनलाई जाभीको विकल्पको खेलाडीको रुपमा पनि हेरिने गरिन्थ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here