डर्बीमा पिकेको गोल सेलिब्रेसनबारे स्पेनिस एफएले अनुसन्धान अगाडि बढायो

बार्सा नेपाल, फागुन ३ । फेब्रुअरी ४ मा सम्पन्न क्याटालान डर्बी भिडन्तमा बराबरी गोल फर्काएका बार्साका डिफेन्डर जेरार्ड पिकेले गरेको सेलिब्रेसनबारे स्पेनिस फुटबल फेडेरेसनले अनुसन्धान गर्ने भएको छ ।

इस्प्यानियोलसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै खेलको ८३ औं मिनेटमा पिकेले गोल गरेर खेल बराबरीमा ल्याएका थिए । गोलपछि पिकेले गरेको सेलिब्रेसनमा इस्प्यानियोलले आपत्ति जनाएपछि त्यहाँको एफएको कमिटिले गोल सेलिब्रेसनबारे अनुसन्धान गर्न लागेको हो । पिकेले गोल पछि इस्यानियोलका समर्थकसामु फर्केर चोर औला मुखमा राखेका थिए । पिकेको परिवारलाई आक्षेप लाग्ने हिसावले इस्प्यानियोलका समर्थकहरु अराजकताका साथ प्रस्तुत भएका थिए ।
उक्त आरोपाको छानविनको लागि घटनामा संलग्न सबै पक्षहरुसँग कमिटिले कुरा गर्ने जनाएको छ ।

घरेलु टिम भएर पनि इस्प्यानियोल र बार्साबीच राम्रो छैन । त्यसैले सानो सानो कुरा बार्सासँग इस्प्यानियोलले निहुँ खोज्ने गरेको छ । बरु क्याटालान क्लब भएर पनि इस्प्यानियोलको सम्बन्ध रियल मड्रिसँग राम्रो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here