‘एसेन्सियो भएपछि नेयमार वा एम्बाप्पे किन चाहियो ?’

बार्सा नेपाल, फागुन ३ । यसै सिजनको शुरुवातमा मेसीको छायाँमा परेको भन्दै फ्रान्सको क्लब पीएसजीलाई च्याम्पियन्स लिगको उपाधी जिताउन किर्तिमानी मूल्यमा बार्सिलोना छोडेका नेयमारको सपनाको बाधक रियल मड्रिड बनेको छ । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग फुटबलमा स्पेनको रियल मड्रिडले पाहुना टोली फ्रान्सको पेरिस सेन्ट जर्मेनलाई हराएको छ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल ३–१ गोलले विजयी भएको हो । १–० ले पछि परेको रियलले खेलमा उत्कृष्ट पुनरागमन गर्दै उक्त जित दर्ता गरेको हो ।

खेलको ३३ औं मिनेटमा पीएसजीका राबियोटले गोल गरे तर, पहिलो हाफको अन्तिम समयमा रियलका टोनी क्रुसलाई डिबक्समा फाउल गरेपछि रियलले पेनाल्टीको मौका पाएको थियो । उक्त, पेनाल्टीलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गरे । त्यस्तै दोस्रो हाफमा पीएसजी झनै कमजोर बन्यो । खेलमा रियलका जिदानले मार्को एसेन्सियो ल्याएपछि ८३ औं मिनेटमा रोनाल्डोले अर्को गोल थपे भने त्यसको ३ मिनेट पछि रियलको लागि मार्सेलोले गोल गरेपछि रियलले ३–१ को जित दर्ता गरेको हो ।

पेरिसमा हुने दोस्रो लेगमा पीएसजीलाई कमब्याक गर्न निकै कठिन हुने निश्चित छ ।

बुधबार राति नै सम्पन्न अर्को खेलमा पोर्टोलाई लिभरपुलले भारी गोल अन्तरले हराएको छ । पोर्टोको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुल ५–० गोलले विजयी भएको हो । लिभरपुलका लागि खेलको साडियो मानेले ह्याट्रिक हाने । उनले खेलको २५ औं, ५३ औं तथा ८५ औं मिनेटमा गोल गरे भने खेलको २९ औं मिनेटमा मोहम्मद सलाह तथा ६९ औं मिनेटमा रोबर्टो फिर्मिनोले एक–एक गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here