रियलसँग हारेपछि पीएसजीका अध्यक्षले युइएफए माथि गम्भीर आरोप लगाए

बार्सा नेपाल, फागुन ३ । बुधबार राति सम्पन्न रियल मड्रिड र पीएसजीबीचको खेलको विवाद एकपछि अर्को गर्दै चुलिँदै गएको छ । पीएसजीका प्रशिक्षक युनाई एम्रीले मात्रै होइन अध्यक्ष समेत रहेका नाजिर एल खलिफले पनि रेफ्रीको कारण पीएसजीले खेल हारेको बताएका छन् ।

सामान्यतया, खेलबारेको प्रतिक्रिया क्लबका पदाधिकारीहरुले होइन प्रशिक्षक र खेलाडीहरुले दिने गर्छन् । तर, रियलका अध्यक्ष फ्लोरेन्टिन्हो पेरेजसँगै बसेर खेल हेरेका खलिफले पत्रकारहरुसँग कुरा गर्दै पीएसजीले रेफ्रीको कारण खेल हार्नुपरेको बताए । राम्रो खेल्दाखेल्दै पनि अनावश्यक पेनाल्टी रियलको पक्षमा दिनु, रामोसको ह्यान्ड बल हुँदा पनि पीएसजीले पेनाल्टी नपाउनु , एम्बाप्पेलाई फाउल गर्दा रेफ्री मौन बस्नु, राबियोटलाई अनावश्यक एलो कार्ड दिनुलृे युईएफएमाथि ठूलो प्रश्न चिन्ह खडा भएको उनको आरोप थियो ।

इटालियन फुटबल एसोसियसनका रेफ्री जियानलुका रोचीले रियल र पीएसजीबीचको खेल खेलाएका थिए । उनले रियललाई काखी च्यापेको भन्दै खलिफले युईएफए माथि प्रश्न खडा गरेका छन् ।

त्यस्तै पत्रकारहरुको फरक प्रश्नको उत्तर दिँदै नेयमार रियल मड्रिडमा जाँदै नजाने कुरा प्रश्ट्याएका छन् ।
उक्त खेलमा रियल मड्रिडले पीएसजीलाई ३–१ गोलले हराएको छ ।

रियलसँग खेल हारेपछि प्रशिक्षक एम्रीले लगाए रेफ्रीमाथी यस्तो आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here