NEXT MATCH: बार्सिलोनालाई एइबारसँगको खेल यसकारण कठिन

बार्सा नेपाल । ला लिगाको २३ औं खेलमा घरेलु मैदान क्याम्प नाउमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले २४ औं खेल एइबारसँग खेल्दैछ । शनिबार राति ९ बजे (नेपाली समय)मा हुने खेलमा बार्सिलोनाले केही मुख्य खेलाडीहरुलाई आराम दिने समाचारहरुमा उल्लेख छ ।

एइबारसँगको खेल लगत्तै च्याम्पियन्स लिगको अन्तिम १६ को लागि चेल्सीसँग प्रतिस्पर्धा गर्नको लागि अन्डन आउनुपर्ने भएकोले खेलाडीहरुलाई आराम दिन लगाइएको छ । लिगमा प्रशिक्षक भालभर्डेले केही खेलाडीहरुलाई निरन्तर खेलाइरहँदा आरामको आवश्यकता परेको हो । कुन–कुन खेलाडीलाई आराम दिने भन्नेबारे केही खुलाईएको छैन ।

यो सिजन आइबार उच्च फर्ममा रहेको छ । लिगमा २३ खेल खेलेर ३५ अंक जोडेको आइबार सातौं स्थानमा रहेको छ । बार्सिलोनाले मुख्य खेलाडीहरुलाई आराम दिनुपर्दा आइबारसँगको खेल सहज हुनेछैन । त्यसैमाथि खेल एइबारको घरेलु मैदानमा हुनेछ ।

यसअघिको दुई ला लिगा खेल इस्प्यानियोलसँग १–१ को बराबरी तथा गेटाफेसँग गोलरहित बराबरी खेल्दा बार्साले ४ अंक गुमाइसकेको छ । यसरी पछिल्लो दुई खेलमा अंक गुम्दा बार्सिलोनाको अंक दूरी मात्रै ७ अंकको रहेको छ । यसकारण बार्सिलोना दवावमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here