बार्सिलोनाले ग्याम्पर कपको लागि बोका जुनियरसँग खेल्ने

बार्सा नेपाल, फागुन २ । बार्सिलोनाले हरेक सिजनको शुरुवातमा खेल्ने जोन ग्याम्पर कपको टुंगो लागेको छ । बार्सिलोनाले अर्जेन्टिनाको क्लब बोका जुनियरसँग कप खेल्न लागेको हो ।

बोकाका अध्यक्ष ड्यानियल एंगेलेसीले ग्याम्पर कप खेल्नेबारे पुष्टि गरेका हुन् । बोकाले बार्सासँग खेल्नुअघि यूरोपियन क्लबहरुसँग मैत्रिपूर्ण खेल खेल्ने र बार्सिलोनासँग ग्याम्पर कप खेल्ने बताएको छ ।

बार्सिलोनाको वार्षीक कार्यतालिका अन्तगर्त ला लिगा सिजन शुरु हुनअघि क्याम्प नाउमा कुनै पनि क्लबलाई बोलाएर ग्याम्पर कप खेल्ने गर्छ । खेल अगष्ट महिनामा हुनेछ ।

बोकाले यसभन्दा अघि पनि बार्सिलोनासँग ग्याम्पर कप खेलिसकेको छ । सन् २००८ को संस्करणमा पनि ग्याम्परमा बोका जुनियर बार्साको प्रतिद्धन्द्धी रहेको थियो । उक्त खेलमा बार्सिलोना २–१ गोलले विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here