रियल मड्रिडले नमानेपछि कोपा डेल रेको फाइनल मेट्रोपोलिटानोमा

बार्सा नेपाल, फागुन १ । जारी सिजनको स्पेनिस कप कोपा डेल रे अर्थात् स्पेनिस किङ्गस् कपको फाइनल एथ्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा हुने भएको छ ।

बार्सिलोनाले रियलको घरेलु मैदान बेर्नाबेउमा गर्ने भने पनि रियलले नमानेपछि रियलको घरेलु प्रतिद्धन्द्धी एथ्लेटिको मड्रिडको घरेलु मैदानमा हुन लागेको हो ।

स्पेनिस फुटबल संघ (आरएफइएफ)ले वान्डामा फाइनल खेलाउने निर्णय गरेको हो ।

कोपा डेल रेको फाइनलमा बार्सिलोनाले सेभिया प्रतिद्धन्द्धी पाएको छ । यी दुई टिम उपाधीको लागि अप्रिल २१ मा वान्डामा उत्रिनेछन् । कूल ६७ हजार दर्शक अट्ने वान्डामा आफ्नो समर्थक जुटाउनको लागि बार्सिलोना र सेभियाले २०–२० हजार टिकट पाउनेछन् ।

गत वर्षको कोपा डेल रेको फाइनल संस्करण पनि एथ्लेटिको मड्रिडको तत्कालिन घरेलु मैदान भिन्सेन्टी काल्डेरोनमा भएको थियो । काल्डेरोनमा सम्पन्न फाइनलमा बार्सिलोनाले आलाभेसलाई हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here