बार्सिलोनाको कोशेढुंगाः क्लबबिरुद्ध अन्य टिमले पेनाल्टी नपाएको २ वर्ष

बार्सा नेपाल, फागुन १ । बार्सिलोनाबिरुद्ध बिगत दुई वर्षदेखि लिगमा कुनै पनि टिमले पेनाल्टी पाएको छैन । भोली बुधबारबाट बार्साबिरुद्ध कुनै पनि टिमले पेनाल्टी नपाएको दुई वर्ष पुग्नेछ ।

सन् २०१६ को फेब्रुअरी १४ मा बार्सिलोनाबिरुद्ध सेल्टा भिगोले पेनाल्टी पाएको थियो । सेल्टाको लागि जोन गुडाटीले पेनाल्टी प्रहार गरेका थिए । उक्त खेलमा जोर्डी अल्बाले स्विडेनका फरवार्डलाई लगाएपछि बार्साबिरुद्ध रेफ्रिले पेनाल्टी दिने निर्णय गरेको थियो । उक्त खेलमा बार्सिलोनाले ६–१ गोलको जित निकालेको थियो ।

सो समयदेखि हालसम्म बार्सिलोनाले ७६ वटा ला लिगा खेल खेलिसकेको छ । यी कुनै पनि खेलमा बार्साबिरुद्ध पेनाल्टी दिइएको छैन । सोही समयदेखि नै लिगमा २२४ वटा पेनाल्टीको निर्णय भएको छ ।

यसबीचमा सबैभन्दा बढी पेनाल्टीको निर्णय भ्यालेन्सिया र सेल्टा बिरुद्ध भएको छ । यी दुबै क्लबबिरुद्ध १८–१८ वटा पेनाल्टीको निर्णय भएको छ । त्यस्तै रियल सोसिडाड बिरुद्ध १६ वटा र रियल मड्रिडबिरुद्ध ८ वटा पेनाल्टी निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here