काभानी भन्छन्ः गत सिजन बार्साले हराएपछि पीएसजीले धेरै कुरा सिकेको छ

बार्सा नेपाल, माघ २९ । फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्ट्राइकर एडिसन काभानीले गत सिजनको च्याम्पियन्स लिगमा बार्सिलोसँगको हारले क्लबले धेरै कुरा सिकेको बताएका छन् ।

समाचार संस्था एसमा उल्लेख भए अनुसार पीएसजी अत्यान्तै राम्रो फर्ममा रहेको, मेहनत पनि उत्तिकै गरेको र हरेक खेलको नतिजा पनि राम्रो आएकोले च्याम्पियन्स लिगमा पनि राम्रो खेल्ने उनले बताएका छन् । अहिलेको फर्मले पीएसजीलाई अन्तिम १६ बाट क्वार्टरफाइनल प्रवेश गर्न कठिन नरहेको उनको भनाई छ ।

क्लमा नेयमार, किलियन एम्बाप्पेजस्ता खेलाड आउनुले पनि पीएजी च्याम्पियन्स लिगमा अगाडि बढ्नमा ढुक्क देखिएका छन् । पीएसजीले अन्तिमा १६ मा रियल मड्रिडजस्तो अनुभवी टिम पाए पनि आफुहरु त्यसको सामना गर्न तयार रहेको उनको भनाई थियो । गत सिजन बार्सिलोनासँग पहिलो लेगमा ४–० गोलको अग्रता लिए पनि आफुहरुले त्यसलाई जोगाउन नसकेकोले यो सिजन क्लब निकै सतर्क रहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here