बार्सिलोनासँग अंकदुरी छोट्याउँदै एथ्लेटिको र रियल मड्रिड

बार्सा नेपाल, माघ २८ । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिडले जित दर्ता गरेका छन् । एथ्लेटिको मड्रिडले मालागालाई उसैको घरेलु मैदानमा हराएको हो । खेलको पहिलो मिनेटमा नै एथ्लेटिको मड्रिडको लागि ग्रिजम्यानले गरेको गोल नै निर्णायक बन्यो ।

त्यस्तै अर्को खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ गोलले हराएको छ । सान्टिायागो बेर्नाबेउमा भएको खेलमा रियलको लागि रोनाल्डोले ह्याट्रिक गरे उनले खेलको २७ औं, ३७ औं तथा ८० औं मिनेटमा गोल गरे । त्यस्तै पहिलो मिनेटमा लुकास भास्क्वेज तथा ३४ औं मिनेटमा टोनी क्रुसले गोल गरे ।

जितसँगै दुबै मड्रिड क्लबले बार्सिलोनासँग अंकदुरी घटाएको छ । २२ खेल खेलेको बार्सिलोनाको ५८ अंक छ भने २३ खेल खेलेको एथ्लेटिको मड्रिडको ५२ अंक, २२ खेल खेलेको रियलको ४२ अंक तथा २२ नै खेल खेलेको भ्यालेन्सियाको ४० अंक रहेको छ ।

भिलारियलले भने आलाभेससँग २–१ गोलको हार ब्यहोरेको छ । आलाभेसका लागि खेलको ३९ औं मिनेटमा रोड्रिगो एले तथा ७१ औं मिनेटमा आईबाई गोमोजले गोल गरे उता भिलारियलको लागि खेलको ७७ औं मिनेटमा कार्लोस बाकाले गोल गरे ।

अंक तालिका,

गेटाफेबिरुद्धको खेलको लागि खेलाडीहरु सार्वजनिक, जेरार्ड पिके पनि सूचीमा परे

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here