यी हुन् बार्साका अध्यक्ष बार्तोमेउले गरेका असाधरण काम (फ्यानले जान्नैपर्ने कुरा)

परिचयः

जोसेप मारिया बार्तोमेउ बार्सिलोनाका निवर्तमान् अध्यक्ष हुन्, यो सबैलाई थाहा भएकै कुरा हो । बार्सिलोना र बार्तोमेउबीच निकै लामो सम्बन्ध रहेको छ । कुनै समय बार्तोमेउ बार्सिलोनाको बास्केटबल टिमको प्रमुख रहेका थिए । सो समयमा बार्सिलोनाका अध्यक्ष जोन लार्पोता थिए । उनी लार्पोताकै मातहतमा रहेर काम गर्थे ।

सन् २०१० देखि १४ सम्म बार्तोमेउले बार्सिलोनाको उपाध्यक्ष पद सम्हाले । सो समयमा अध्यक्षताको ग्रहण स्यान्ड्रो रोसेलले गरेका थिए । स्यान्ड्रो रोसेलले आफ्नो पदभार छोड्नु परेपछि बार्तोमेउले कार्यवहाक अध्यक्षको रुपमा क्लब सम्हालेका थिए । त्यसपछि क्लको नयाँ कार्यसमिति चुनावमा बार्तोमेउले पूर्वअध्यक्ष जोन लार्पोर्तालाई हराएर निर्वाचित अध्यक्ष बनेका हुन् । उनी सन् २०२१ को जुन महिनासम्मा बार्सिलोनको अध्यक्ष बन्नेछन् ।

आलोचना र बार्तोमेउको उत्तर

बार्तोमेउलाई सिमित बार्सा समर्थकहरुले बार्साको परिचय गुमायो भन्दै आरोप लगाउने गरेका थिए । तर, धेरैलाई थाहा नहुन सक्छ उनले केही यस्ता महत्वपूर्ण निर्णय लिएका छन् त्यसको प्रतिफल बार्सिलोनाले पाइरहेको छ ।

प्रशिक्षक चयन:

बार्सिलोनाले सन् २०१४ मा कुनै पनि उपाधी हाता नपारेपछि नयाँ प्रशिक्षको रुपमा लुईस इन्रिकेलाई क्लबमा ल्याउनु । उनलाई ल्याएपछि एकै सिजन ५ वटा ट्रफी जित्नु । क्याटालानमा संकट आइपर्दा बार्सिलोना क्लबको अध्यक्षको रुपमा क्लब मार्फत अस्तित्व दाबी गर्ने कुरामा पनि उनको ठूलो हात रहेको छ ।

बार्सिलोनामा इंग्लिस क्लबका व्यवस्थापकको एक निर्णयमा क्लबको सर्मथन रहेने जस्तो नीति छैन । धेरै कुराहरुमा बोर्डको हात रहेको हुन्छ । त्यसैले सफलता वा असफलताको श्रेय बोर्डले लिनुपर्छ । त्यसैले विषम परिस्थितिमा पनि बार्तोमेउले केही ठोस निर्णय गरेका छन् ।

लुईस इन्रिकेको प्रशिक्षणमाथि समर्थक तथा शुभचिन्तकहरुले प्रश्न चिन्ह खडा गरेपछि नयाँ प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई ल्याउने कुरामा पनि उनको हात रहेको छ ।

आर्थिक रुपले बलियो बन्दै:

क्याटालान क्लब पछिल्लो समय आर्थिक रुपमा पनि सबल भएको छ । बार्सा अहिले स्पेनको सबैभन्दा आर्थिक रुपले सबल क्लबको रुपमा गनिन्छ । बार्सिलोनाको जर्सीमा रहेको प्रायोजक नाइकी, राकुटेन तथा अन्य प्रायोजकहरु बेको, कतार एयरलाइन्स, भाइबर लगायत अन्य ल्याउन पनि उनको योगदान रहेको छ ।

क्लबले यूनिसेफसँग गरिरहेको सहकार्यले पनि क्लबको चर्चा विश्वभरी हुने गरेको छ । यसलाई निरन्तरता दिइरहनुमा पनि बार्तोमेउको हात रहेको छ ।

कार्यकालमा उपाधीः

बार्तोमेउले बासिलोनाको अध्यक्षता ग्रहण गरेपछि ९ वटा उपाधी जितिसकेको छ । जसमध्ये ३ ला लिगा र १ च्याम्पियन्स लिग पनि रहेको छ । उनैको कार्यकालमै बार्सिलोनाले सन् २०१४/१५ को सिजनमा ‘ट्रेबल’ जितेको थियो । उक्त ट्रेबलसँगै बार्सिलोना विश्व फुटबलमै दुईपटक ट्रेबल जित्ने क्लब बनेको छ ।

इनियष्टा र मेसी क्लबमै रहनु:

क्लका कप्तान आन्द्रेज इनियष्टाले जीवनभर बार्सिलोनासँग सम्झौता गर्नुले आधुनिक फुटबलमा तहल्का मच्चाएको छ । ला मासियाबाट आएका उनलाई धेरै पटक धेरै क्लबले भित्र्याउने कोशिस गरे उनलाई टिकाइराख्नुमा बार्तोमेउको ठूलो हात छ ।

किर्तिमानी मूल्यको प्रस्ताव आइराख्दा, ठूलो धनराशीको तलब दिन्छु भन्दा पनि मेसीले बार्सिलोना छोडेका छैनन् । नत कहिल्यै बार्सिलोनाको बारेमा नकारात्मक टिप्पणी गरेका छन् । उनलाई खुसी बनाएर राख्नुमा बार्तोमेउको हात छ ।

नेयमारको डिर्पाचर, डेम्बेले र कोउटिन्होको अराइभल:

बार्तोमेउले केही वर्षदेखि खेप्दै आएको आरोपलाई यसै हप्तासम्मा चिरिदिएका छन् । त्यो हो ओसामाने डेम्बेले र फिलिप कोउटिन्होलाई क्लबमा आबद्ध गराएर । बार्सिलोनाले नेयमारलाई २२२ मिलियन यूरोमा पीएपजी पठाएपछि उनको अभाव खड्किन नदिन क्लबलाई खुबै चुनौती थियो । जम्मा ५७ मिलियन खर्चेर ४ वर्षअघि ल्याएको नेयमारलाई विश्व फुटबल बजारमा ‘रेकर्ड’ मूल्यमा पीएसजी पठाउने काम चानचुने हुँदै होइन । त्यहीमाथी मेसी र स्वारेजसँग खेलेको खेलाडी जसको उपलब्धि उनीहरुकोभन्दा कम छँदा छँदै पनि त्यतिका भारी मूल्य हाता पारेर पठाउने निर्णय बार्तोमोउको निकै चलाखीपूर्ण निर्णय हो ।

तर, नेयमारले बार्सा छोडपछि केही पनि गुमाएको छैन । बरु बलजफ्ती भए पनि डर्टमण्डबाट ओसामाने डेम्बेले र लिभरपुलबाट फलिप कोउटिन्होलाई भित्र्याएका छन् । यी दुई खेलाडीलाई बार्सिलोनाले कसी ल्यायो यो सबै बार्सा समर्थकहरुलाई थाहा भएकै कुरा हो ।

प्रतिभाशाली खेलाडीको सम्मान:

क्लाउडियो ब्राभोलाईम म्यान्चेस्टर सिटी पठाएर टर स्टेगनलाई मुख्य गोलकिपर बनाउनु, सधैं आलोचना हुने डिफेन्स लाईनमा स्यामुअल युम्टीटी तथा नेल्सन सेमेडोलाई ल्याउनु पनि साधरण काम होइन ।

बार्तोमेउकै निर्णयको कारण बार्सिलोनाको फुटबल टिम अत्यान्त राम्रो बनेको छ । फुटबलका ठूला स्टारहरु रहेको बार्सिलोनालाई अन्य क्लबका प्रशिक्षक, खेलाडी तथा पदाधिकारीहरुले अब बार्सिलोनालाई कसैले छुन नसक्ने बताइरहेका छन् । पछिल्लो समय अझै खारिदै गएको बार्सिलोनाबाट अब कुन खेलाडीले खेल्दिन भन्छ ?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here