MATCH DAY: भालभर्डेको ध्यान गेटाफेलाई हराउनेमा

बार्सा नेपाल, माघ २८ । बार्सिलोनाले आज घरेलु मैदान क्याम्प नाउमा लिग ला लिगाको २३ औं खेल गेटाफेसँग खेल्दैछ । लिगको ११ औं स्थानमा रहेको गेटाफेसँग घरेलु मैदान क्याम्प नाउमा खेल्न लागेको हो ।

आज राति ९ बजे (नेपाली समय अनुसार) हुने खेलमा डिफेन्डरद्वय स्यामुअल युम्टीटी र थोमास भर्माइलिन हुनेछैनन् । युम्टीटी एलो कार्डको कारण एक खेलको निलम्बनमा परेका छन् । लिगको २२ खेल सकिँदा उनले ५ वटा एलो कार्ड पाएपछि उनले गेटाफेबिरुद्धको खेल गुमाउने भएका हुन् । उता भर्माइलिन चोटको कारणले अभ्यास खेलमा पनि उपस्थित हुन सकेका छैनन् ।

त्यस्तै यसअघिको खेलमा जेरार्ड पिके घाइते भएको भने पनि उनी गेटाफेसँग खेल्ने खेलाडीको अन्तिम १८ को सूचीमा परेका छन् । यद्यपी उनले खेल्ने या नखेल्ने बारेमा केही थाहा नभएको प्रशिक्षक भालभर्डेको भनाइ रहेको छ । उनले पत्रकार सम्मेलनमा कुरा गर्दै गेटाफेले बलियो भनिएका टिमलाई पनि हराएकोले बार्साको ध्यान गेटाफेमाथि जित दर्ता गर्ने रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here