बार्सा बराबरीमा रोकियो, गुएटा बाधक

बार्सा नेपाल, माघ २८ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा गेटाफेसँग अंक बाँडेको छ । केहीबेरअघि सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टोलीसँग गोलरहित बराबरी खेलेको हो । ७० प्रतिशत बल पोसेसन रहेको बार्सालाई गेटाफेले डिफेन्सिभ खेल खेलेर रोकेको हो ।

त्यस्तै, बार्सिलोनाको लागि गेटाफेका गोलकिपर भिसेन्ट गुएटा बाधक बने । उनले ६ वटा बार्साको प्रहार रोके । गेटाफेले हानेको ३ वटा प्रहार टेर स्टेगनले रोके । बार्सिलोनाले ९ वटा कर्नर पाउँदा कुनै पनि सदुपयोग गर्न सकेन ।

बराबरीसँग बार्सिलोनाले २३ खेलबाट ५९ अंक जोडेको छ भने समान खेल खेलेको एथ्लेटिको मड्रिडको ५२ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here