बार्सा बीलाई अल्कोरकोनले हरायो

बार्सा नेपाल, माघ २८ । गत साता उत्कृष्ट कमब्याक गरेर जित दर्ता गरेको बार्सा बीले शनिबार राति सम्पन्न सेगुन्डा डिभिजन लिगमा हार व्यहोरेको छ । घरेलु मैदान मनी स्टेडियममा भएको खेलमा बार्सा बीलाई अल्कोरकोनले १–० ले हराएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको बार्सा बीले दोस्रो हाफमा लय बिगारेको थियो । खेलेको ५१ औं मिनेटमा अल्कोरकोनको लागि कार्लोस लोरेन्स बेल्भिसले गरेको गोल नै निर्णयक बन्न पुग्यो ।

हारसँगै बार्सा बी लिगको १५ औं स्थानमा झरेको छ । २६ खेल खेलेको बार्सा बीले ३० अंक मात्रै जोडेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here