मेसी र बार्सिलोनाको कारण रोनाल्डोको मन आगो, यस्ता छन् ५ कारण

बार्सा नेपाल, माघ २७ । रियल मड्रिडले यस सिजन खराब प्रदर्शन गरिरहेको छ । ला लिगामा लिग लिडर बार्सिलोनाभन्दा १९ अंकले पछाडि छ भने कोपा डेल रेबाट बाहिरिसकेको छ । यस सिजन उसको उपाधी आशा भनेको च्याम्पियन्स लिग मात्रै हो त्यसमा पनि अन्तिम १६ मा बलियो प्रतिद्धन्द्धी फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) परेको छ । धेरैले रियललाई पीएसजीले क्वार्टरफाइनलमा हराउने बताएका छन् । रियलकै समर्थकहरुले पनि यो कुरालाई स्विकार गर्दै आएका छन् । तर, खेल हो जे पनि हुन सक्छ ।

उता रियलका रोनाल्डोलाई भने पर्नु पिर परेको छ । बेलायतको समाचार संस्था एक्सप्रेसमा प्रकाशित समाचारमा उनलाई चिन्ताले सताएको कुरा सार्वजनिक भएको हो । रोनाल्डोको प्रदर्शन च्याम्पियन्स लिग बाहेक ला लिगामा राम्रो छैन । उनको टिम लिगको चौथो स्थानमा छ । उता मेसीको क्लब भने शिर्ष स्थानमा छ ।

स्पेनिस दैनिक पत्रिका डारियोले पनि रोनाल्डो चिर प्रतिद्धन्द्धी क्लब बार्सिलोना तथा मेसीसँग धेरै कारणले खुसी नभएको समाचार प्रकाशित गरेको छ ।

रोनाल्डो खुसी नहुनुको ५ कारण

बार्सिलोनालाई गार्ड अफ अर्नर

बार्सिलोनाले मे ६ तारिखमा रियल मड्रिडसँग घरेलु मैदान क्याम्प नाउमा ला लिगाको ३५ औं खेल खेल्नेछ । यही लय सम्हालेमा सो खेलअघि नै बार्सिलोनाले लिग उपाधी जित्ने छ । यदि यो अवस्था आयो भने रोनाल्डोले क्याम्प नाउमा बार्सिलोना तथा मेसीलाई ‘गार्ड अफ अर्नर’ दिनुपर्ने हुन्छ । उसैको मैदानमा आएर बार्सिलोनालाई गार्ड अफ अर्नर दिनुपर्छ भनेर रोनाल्डो चिन्तित बनेका छन् ।

च्याम्पियन्स लिगमा बार्साको स्तर

च्याम्पियन्सलिगको समूह चरणमा बार्सिलोनाले कुनै पनि खेल हारेको छैन । प्रतिष्ठित च्याम्पियन्स लिगमा प्रशिक्षक अर्नेष्टो भालभर्डेको टिमलाई रोक्न म्यान्चेस्टर सिटी मात्रै सक्ने अनुमान चलिरहँदा रोनाल्डोलाई भने पीएसजीलाई कसरी रोक्ने भन्ने पिरले सताएको छ । मेसीले आफ्नो टिमलाई जिताउन हर प्रयास गर्ने कुरा पनि डारियोले लेखेको छ ।

मेसीलाई बलोन डिओर

यदी मेसीले च्याम्पियन्स लिग, घरेलु लिग, तथा घरेलु कप तिनवटै उपाधि जितेमा मेसीले बलोन डिओर पाउनेछन् । आफ्नो बढ्दो उमेर र खस्कदो प्रदर्शनबाट अब उनले बलोन डिओरको आशा नगरेको हुनाले मेसीले आफूभन्दा बढी बलोन डिओर जित्ने पिरले रोनाल्डोलाई सताएको छ ।

च्याम्पियन्स लिगमा छनोट

आफू रियलबाटै फुटलबलको अन्त्य गर्ने भन्ने रोनाल्डोको टिमको अगाडि बार्सिलोना, एथ्लेटिको मड्रिड र भ्यालेन्सिया रहेको छ । उसको पछाडि १ खेल बढी खेलेको भिलारियल २ अंकले पछि तथा सेभिया ७ अंकले पछि रहेको छ । यस्तो फर्मले रियल च्याम्पियन्स लिगमा पनि छनोट नहुने सम्भावना रहेको एक्सप्रेसको समाचारमा उल्लेख छ ।

रसिया विश्वकप

रियलमा खराब प्रर्दशन गरिरहेका रोनाल्डोले सिजनको अन्त्यतिर टोलीलाई योगदान दिन खोज्दा उनको रसिया वल्र्ड कप नै गुम्ने खतरा छ । च्याम्पियन्स लिगको स्थान सुरक्षित गर्ने निहुमा उनलाई शारिरिकक चोट लाग्यो भने उनले विश्वकप नै खेल्न पाउँदैनन् । तर, सिजनको अन्त्यतिर मेसीले आराम पाउने सम्भावना रहेको छ । यसकारण पनि रोनाल्डो चिन्तित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here