अन्डर 19 च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सालाई कडा प्रतिद्धन्द्धी (सूची सहित)

बार्सा नेपाल, माघ २७ । युईएफए यूथ लिग (अन्डर १९ च्याम्पियन्स लिग)को अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको तालिकामा बार्सिलोनालाई कडा प्रतिद्धन्द्धी परेको छ । त्यस्तै रियल मड्रिडले पनि कडा टिमको सामना गर्नुपर्ने भएको छ ।

सार्वजनिक ड्र अनुसार बार्सिलोनाले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रतिद्धन्द्धी पाएको हो । त्यस्तै रियले बार्यन म्युनिख प्रतिद्धन्द्धी पाएको छ । बार्सा तथा रियल दुबै क्लबले पहिला अबे मैदानमा खेल खेल्नेछन् । तर एथ्लेटिको मड्रिडले भने तुलनात्मक रुपले कमजोर प्रतिद्धन्द्धी पाएको छ । उसले बासेलको सामना गर्नेछ ।

समूह चरणमा बार्सिलोनाले ओलम्पियाकसलाई ३–० ले, यूभेन्टसलाई १–० ले तथा स्पोर्टिङसँग १–१ गोलले विजयी भएको थियो ।

कुन क्लबको प्रतिद्धन्द्धी को ?

अन्तिम १६ को खेल तालिका

यी खेलहरु फेब्रुअरी २० तथा २१ मा हुनेछन् ।

युईएफए युथ लिग अन्डर १९ च्याम्पियन्स लिग हो । च्याम्पियन्स लिगमा छनोट भएका ३२ सिनियर टिमका जुनियर खेलाडीहरुले यो लिग च्याम्पियन्स लिगकै पद्धती खेल्ने गर्छन् ।

बार्सिलोनाले सन् २०१३–१४ को सिजनमा फाइनलमा बेन्फिकालाई हराएर उपाधी जितेको थियो । त्यसपछि क्रमशः दुई सिजन चेल्सीले यो उपाधी जितेको थियो भने गत सिजन अष्ट्रियाको रेड बुल स्लाजबर्गले फाइनलमा बेन्फिकालाई नै हराएर उपाधी जितको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here