यस्तो बन्छ बार्साको बलियो स्टार्टिङ लाइनअप र ब्याकअप (४–३–३ फर्मेसनमा)

बार्सा नेपाल, माघ २७ । बार्सिलोना यस सिजन उत्कृष्ट फर्ममा रहेको छ । घरेलु लिग तथा च्याम्पियन्स लिगमा हालसम्म कुनै पनि खेल हार व्यहोरेको छैन । कोपा डेल रेको फाइनलमा पुगेको बार्सिलोनाले इस्प्यानियोलसँगको खेलमा मात्रै एक हार व्यहोरेको हो ।

राम्रो लयको श्रेय प्रशिक्षक अर्नेष्टो भालभर्डेलाई जान्छ साथै खेलाडीलाई पनि । यस सिजन बार्सिलोनाको हरेक खेलाडीको रामो बिकल्प समेत बनेको छ । हरेक ११ जना खेलाडीको बिकल्प अर्को ११ जना खेलाडी राखेर हामीले हालको लाइनअप सहित ब्याकअप लाइनअप तयार गरेका छौं । हामीले तयार गरेको लाइनअप प्रशिक्षक भालभर्डेको रणनीतिकै आधार तयार गरेका हौं ।

गोलकिपरः

शुरु गरौं गोल किपरबाट । घरेलु लिग तथा च्याम्पियन्स लिगमा पहिलो रोजाइको गोलकिपर हुन् टेर स्टेगन । कप तथा मैत्रिपूर्ण खेलको लागि मात्रै ज्यास्पर सिलेसन पहिलो रोजाइमा पर्छन् । सिलेसन टेर स्टेगनको राम्रो ब्याकअप हुन् ।

डिफेन्डरः

यस सिजनको मुख्य खेलहरुमा जोर्डी अल्बा, स्यामुअल युम्टीटी, जेरार्ड पिके तथा सर्जियो रोबर्टोलाई भालभर्डेले उर्तार्दै आएका छन् । उनीहरुको बिकल्पमा क्रमशः लुकास डिने, थोमास भर्माइलिन, यारी मिना र नेल्सन सेमेडो परेका छन् ।

स्टार्टिङ लाइनअपसँगै बिकल्प

मिडफिल्डः

बार्सिलोनाको हालसम्मको लाइनअपमा मिडफिल्डको संरचनमा धेरै परिवर्तन हुँदै आएको छ । तै पनि प्रशिक्षकको हालसम्मको राणनीति अनुसार आन्द्रेज इनियष्टा, सर्जियो बुस्केट तथा राकेटिच परेका छन् । उनीहरुको बिल्पकमा पनि परिवर्तन भइरहन्छन् तै पनि हालसम्मको स्थितिमा क्रमशः फिलिप कोउटिन्हो, आन्द्रे गोमेज र पाउलिन्हो पर्दै आएका छन् ।

स्ट्राइकरः

यस सिजन बार्सिलोनाको कुनै पनि भागमा कमजोरी छैन । अग्रपंत्तिमा पनि राम्रो ब्याकअप बनेको छ । पहिलो रोजाइको स्ट्राइकरमा ओस्माने डेम्बेले, लुईस स्वारेज तथा लियोनल मेसी परेका छन् । उनीहरुको बिकल्पमा क्रमशः डेनिस स्वारेज, पाको अल्कासर तथा एलेक्सिस भिडाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here