कोपा डेल रेको फाइनल कहाँ ? बार्सा भन्छ सान्टियागो बेर्नाबेउ

बार्सा नेपाल, माघ २७ । लगातार पाँचौं पटक स्पेनिस कप कोपा डेल रेको फाइनलमा प्रवेश गरेको बार्सिलोनाले फाइनल खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा खेल्न चाहेको छ ।

अप्रिल २१ मा सेभियासँग हुने फाइनल खेलको लागि मैदानहरुको बिकल्पको खोजी भइरहँदा बेर्नाबेउ आएको हो । लगातार बेर्नाबेउमा खेल्न खोजिरहेको रियलले भने बार्सिलोनाको प्रस्ताबलाई बिभिन्न बहाना देखाएर अस्विकार गर्दै आएको छ । यस सिजन झनै खराब प्रदर्शनबाट ग्रुज्रिरहेको रियल बार्साको सफलता हेर्न नै चाँहदैन त्यसैले बेर्नाबेउमा खेल हुने सम्भावना न्यून रहेको एसको साइटमा उल्लेख छ । बार्सिलोना भने बेर्नाबेउमै खेल जितेर उपाधी उठाउने सोचमा रहेको छ ।

स्पेनको फुटबल फेडरेसनले फाइनलमा पुग्ने दुई टिम तथा रंगशालाको स्विकृतिमा मैदानको निर्णय लिने गर्छ ।

यस सिजनको फाइनल खेल एथ्लेटिको मड्रिको घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा हुने सम्भावना प्रवल रहेको छ । स्पेनको राजधानी साथै ठूलो रंगशाला, एथ्लेटिको मड्रिको सहमति भएकोले सोही रंगशालामा खेल हुने सम्भावना बढेको हो । यद्यपी सेभियाले आफ्नै सहरमा खेल हुनमाग गरेको छ ।

उता बार्सिलोनासँग सेमिफाइनलमा समग्रमा ३–० को हार व्यहोरेको भए पनि भ्यालेन्सियाले मेस्टालामा फाइनल खेल्न प्रस्ताब गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here