गेटाफेबिरुद्धको खेलको लागि खेलाडीहरु सार्वजनिक, जेरार्ड पिके पनि सूचीमा परे

बार्सा नेपाल, माघ २७ । बार्सिलोनाले आइतबार राति गेटाफेसँग हुने खेलको लागि १८ जना खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । घरेलु मैदान क्याम्प नाउमा हुने खेलमा डिफेन्डर जेरार्ड पिकेको नामक पनि समावेश गरिएको छ । उनलाई घुँडाको चोटले सताएको भनिए पनि भालभर्डेको सूचीमा परेका छन् ।

सेन्टर ब्याक थोमास भर्माइलिन घाइते भएका तथा स्यामुअल युम्टीटी पहेँलो कार्डको कारण एक खेलको लागि निलम्बनमा परेको कारण गेटाफेबिरुद्धको खेलमा बार्साको डिफेन्सबारे प्रश्न चिन्ह खडा भएको छ । पिकेको नाम अन्तिम १८ को सूचीमा परे पनि उनले खेल खेल्नेबारे शंका छ । आइतबार हुने खेलमा भ्यालेन्सियाबिरुद्धको खेलमा डेब्यू गरेका यारी मिनाले अवसर पाउने सम्भावना रहेको छ ।

खेलाडीहरुको सूची

त्यस्तै बार्सा बीका कुनै पनि खेलाडी अन्तिम १८ को सूचीमा नपरेको कारणले गर्दा गेटाफेसँगको खेलमा भालभर्डेको रणनीति कस्तो हुने अनुमानक लगाउन गाह्रो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here