दोस्रो हाफमा भालभर्डेले सच्याएको त्यो गल्ती जसले बार्सालाई फाइनलमा पुर्‍यायो

बार्सा नेपाल, माघ २६ । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले भ्यालेन्सियासँगको खेलमा आन्द्रे गोमेजलाई ११ जना खेलाडीको सूचीमा समावेश गरे । यसअघिका दुई खेल शारीरीक अपच (फुड पोइजन) को कारण गुमाएका उनी एक्कासी इलाभेन सेटमा आउँदा बार्सिलोना फ्यानहरुको मनमा एक किसिमको शंका पैदा भएको थियो । नहोस् पनि कसरी कोउटिन्होजस्तो खेलाडी बेन्चमा अनी यस सिजन खराब प्रदर्शन गरिरहेका गोमेज मैदानमा ।

आन्द्रे गोमेज मैदानमा हुँदा भ्यालेन्सियाले बार्सिलोनामाथि दबाब राखेको थियो । गोमेजले खस्केको प्रदर्शन गरेपछि उनलाई निकाल्ने निर्णय भालभर्डेले गरेपछि बार्सिलोना दोस्रो हाफमा बलियो भयो ।

गोमेज मैदानमा हुँदा भ्यालेन्सियाका खेलाडी गाया तथा रोड्रिगोले खुलेर खेल्ने मौका पाएका थिए । उनले गुमाएको बललाई फ्रान्सिस कोक्विलिनले सम्हाल्ने गरेका थिए । गोमेजको सो गल्तीलाई भालभर्डेले लुकाउन सकेनन् र बैकल्पिक खेलाडीको आवश्यकता पर्यो ।

गोमेजलाई खेलको ४६ औं मिनेटमा नै भालभर्डेले निकालेर कोउटिन्होलाई मैदानमा पठाए । कोउटिन्होले मैदान प्रवेश गरेको ३ मिनेटमानै गोल गरेर मेस्टालामा ‘आइस ब्रेक’ गरे । कोउटिन्होको प्रवेशले बार्सिलोनाको मिडफिल्ड बलियो भयो । खेलको ८२ औं मिनेटमा राकेटिचले पनि गोल गरेपछि बार्सिलोनाले २–० को जित समग्रमा ३–० को जित निकालेर फाइनल प्रवेश पाएको हो ।

धन्न भालभर्डेले दोस्रो हाफको शुरुमै गोमेजलाई निकालेर कोउटिन्हो पठाए । कोउटिन्होले बार्सिलोनाको लय समातेर खेल जित्नको योगदान गरे ।

गोमेज यस्ता भाग्यमानी खेलाडी हुन् जसले खस्केको प्रदर्शन गरे पनि भालभर्डेको रोजाइमा पर्ने गर्छन् । त्यति मात्रै होइन भालभर्डेले सार्वजनिक रुपमै गोमेजको प्रशंसा गरेका छन् । आखिर किन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here