बार्सिलोना कोपा डेल रेको फाइनलमा, उपाधीको लागि सेभियासँग भिड्ने

बार्सा नेपाल, माघ २६ । बार्सिलोना स्पेनिस कप कोपा डेल रेको फाइनलमा प्रवेश गरको छ । भर्खरै सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई उसैको घरेलु मैदानमा २–० ले हराएर समग्रमा ३–० को जित निकाल्दै बार्सिलोनाले फाइनलको यात्रा तय गरेको हो ।

दोस्रो हाफमा सम्हालिएको खेल पस्केको बार्लिलोनाको लागि खेलको ४९ औं मिनेटमा लुइस स्वारेजको पासमा कोउटिन्हो तथा ८२ औं मिनेटमा स्वारेजकै पासमा इभान राकेटिचले गोल गरेका हुन् ।

यसअघि क्याम्प नाउमा सम्पन्न पहिलो लेगमा स्वारेजले एक गोल गरेका थिए ।

अब बार्सिलोनाले उपाधीको लागि सेभिया प्रतिद्धन्दी पाएको छ । सेभिया यसअघि नै लेगानेसलाई समग्रमा ३–१ गोलको जित निकाल्दै फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल अप्रिल २१ तारिखमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here