भ्यालेन्सियासँग बार्साको कुन खेलाडीकाे प्रदर्शन उच्च कसको झुर ? (प्लेयर्स रेटिङ्ग)

बीएन रेटिङ्ग

बार्सा नेपाल, माघ २६ । मेस्टालामा जित निकाल्न त्यती सहज छैन । अझै यस सिजन लिगमा उच्च प्रदर्शन गरिरहेको भ्यालेन्सियाले घरेलु दर्शकको साथमा बार्सिलोनालाई पहिलो हाफमा आफ्नो खेल खेल्न दिएन । यहाँ हामीले मेस्टालमा २–० को जित निकाल्दा बार्साका खेलाडीहरुको प्रदर्शन कस्तो रह्यो भनेर रटिङ्ग निकालेका छौं ।

ज्यास्पर सिलेसन ७.५/१०

भ्यालेन्सियाले ४ वटा बल टार्गेटमा हान्दा बिफल बनाउनमा योगदान दिने ज्यास्पर सिलेसन नै हुन् । पहिलो हाफमा बार्सिलोनामाथि घरेलु टिम हावी हुँदा उनले टिमलाई सम्हालेर राखे ।

जोर्डी अल्बा ७/१०

भ्यालेन्सियाका खतरनाक खेलाडीहरु जाजा तथा कोकिलिनलाई नियन्त्रणमा लिन उनी डटेरै लागे । सेमिफाइनलमा भ्यालेन्सियाको लागि ‘डु अर डाई’ खेलमा क्लिन सिट राख्नुमा उनको उच्च योगदान रह्यो ।

जेरार्ड पिके र स्यामुअल युम्टीटी ७.५/१०

भ्यालेन्सियाले खेलमा ७ वटा कर्नर पायो, त्यस्तै ८ वटा बल पोस्ट बाहिर प्रहार गर्यो । बार्सिलोनाको रक्षापंत्तिले बिपक्षी खेलाडीहरुलाई राम्रो मार्क गरेकै कारणले मेस्टालामा क्लिन सिट रह्यो

सर्जी रोबर्टो ७/१०

जुन खेल बार्सिलोनाको लागि ठूलो र महत्वपूर्ण रहुन्छ उक्त खेलमा सर्जी रोबर्टो प्रशिक्षकको रोजाइमा पर्छन् चाहे त्यो बैकल्पिक खेलाडीको रुपमा नै किन नहोस् । भ्यालेन्सियासँगको खेलमा पनि उनको मेहनत महत्वपूर्ण रह्यो ।

आन्द्रेज इनियष्टा ८/१०

टिमलाई उत्प्रेरणक दिने खेलाडी आन्द्रेज इनियष्टा हुन् । बिपक्षीको डिबक्स क्षेत्रमा खतरनाक मुभहरु बनाएर डिफेन्स लाईनलाई धरासयी बनाउनको उनको विशेष योगदान रह्यो । किउट र असाधारण पासहरुले टिमको जितमा सघाउ पुर्यायो ।

सर्जियो बुस्केट ७.५/१०

भ्यालेन्सियासँगको खेलमा बुस्केटले ९५ प्रतिशत पास सही खेले । खेलमा ४ वटा ट्याकल, ३ वटा महत्वपूर्ण बिपक्षीको मुभलाई रोक्ने बुस्केट नै हुन् ।

इभान राकेटिच ८/१०

सिजनको शुरुमा लय बिगारेका राकेटिच पछिल्लो समय फर्ममा आउँदैछन् । खेलको ८२ औं मिनेटमा गोल गरेका राकेटिचको पास, मुभ एकदमै राम्रो थियो ।

आन्द्रे गोमेज ५ /१०

बार्सिलोनाका सबै खेलाडीको प्रदर्शन उच्च रहेको बेला उनको प्रदर्शन खस्केको पाइयो । अपच भएर केही खेलमा आराम गरेका उनले राम्रो खेल खेल्न सकेनन् ।

लुईस स्वारेज ९/१०

भ्यालेन्सियालाई हराएर फाइनलमा स्थान बनाउनुमा स्वारेजको योगदान अतुलनिय छ । पहिलो लेगमा भन्दा पनि उनले उत्कृष्ट प्रदर्शन गरे । दुबै गोलमा उनको एसिस्ट् रह्यो ।

लियोनल मेसी ८/१०

मेसीले खेलमा गोल मात्रै नगरेका हुन् । उनले ९५ प्रतिशत शुद्ध पास खेले । गोलको लागि एउटा बल पनि उपलब्ध गराइदिए ।

बैकल्पिक खेलाडीहरु

फिलिप कोउटिन्हो ७.५/१०

खेलको ४६ औं मिनेटमा गोमेजको ठाउँमा मैदान प्रवेश गरेका उनले गोल समेत गरे । दोस्रो हाफमा बार्सिलोनाले सुधारिएको खेल खेल्दा उनको योगदान उच्च रह्यो ।

पाउलिन्हो ६/१०

पछिल्लो समय पाउलिन्होको खेलस्तर खस्केको छ । भ्यालेन्सियासँगको खेलमा पनि उनी जम्न सकेनन् । खेलको ६५ औं मिनेटमा इनियष्टाको ठाउँमा मैदान प्रवेश गरेका उनी मिडफिल्डमा थोरै प्रभावकारी बने ।

यारी मिना ६/१०

डेब्यू खेलमा पनि मिनाको खेल हेर्न लायक थियो । खेलको ८३ औं मिनेटमा जेरार्ड पिकेको ठाउँबाट खेल्न पाएका उनले धेरै पटक बल छुन नपाए पनि उनको आत्मविश्वास उच्च रहेको प्रश्टै देखिन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here