चोटको कारण पिकेले गेटाफेबिरुद्धको खेल गुमाउने सम्भावना

बार्सा नेपाल, माघ २६ । डिफेन्डर जेरार्ड पिकेले गेटाफेसँगको खेल गुमाउने सम्भावना रहेको छ । क्याटालान डर्बी अन्तर्गत इस्प्यानियोलसँग भएको खेलमा पिकेलाई घुडाँमा चोट लागेको थियो त्यसको बाबजुद पनि उनले भ्यालेन्सियासँग खेल खेली टोलीलाई कोपा डेल रे फुटबलको फाइनलमा पुर्याएका थिए ।

चोट पल्झेपछि पिकेले शनिबार हुने अभ्यास खेल गुमाउने भएका छन् । शुक्रबार उनी फिजियोथेरापिस्ट कहाँ गएका थिए । उनको चोट पूर्ण रुपले निको हुन करिब १० दिन लाग्ने एसले जनाएको छ ।

यदी उनी गेटाफे बिरुद्धको खेलमा बाहिर भएको उनको बिकल्प पनि तयार भएको छ । भ्यालेन्सियासँगको खेलबाट डेब्यू गरेका यारी मिनाले डिफेन्स लाइन सम्हाल्नेछन् ।

NEXT MATCH: बार्सिलोना बिरुद्ध गेटाफे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here