बार्सिलोना लगातार ५ सिजन कोपा डेल रेको फाइनलमा

बार्सा नेपाल, माघ २६ । सेमिफाइनलमा भ्यालेन्सिायालाई २–० ले हराएर समग्रमा ३–० को नतिजा निकालेसँगै बार्सिलोना स्पेनिस किङ्गस् कप कोपा डेल रेको फाइनलमा पुगेको छ । यससँगै लगातार ५ सिजन कोपा डेल रेको फाइनलमा पुग्ने क्लब बार्सिलोना बनेको छ ।

सन् २०१३/१४ को सिजनमा रियल मड्रिडसँग फाइनल खेलेको बार्सिलोनाले सन् २०१४/१५ मा एथ्लेटिकसँग, २०१५/१६ मा सेभियासँग, २०१६/१७ मा आलाभेससँग तथा यस सिजन पुनः सेभियासँग खेल्न लागेको हो ।

बार्सिलोना कोपा डेल रेको सर्वाधिक उपाधी जित्ने क्लबमा पर्छ । बार्साले हालसम्म २९ वटा कोपा डेल रेको उपाधी जितिसकेको छ । त्यस्तै एथ्लेटिक बिल्बाओले ३ वटा तथा रियल मड्रिडले १९ वटा उपाधी जितेको छ ।

बार्सिलोना कोपा डेल रेको फाइनलमा, उपाधीको लागि सेभियासँग भिड्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here