सेभियाले कोपा डेल रेको फाइनलमा स्थान बनायो

बार्सा नेपाल, माघ २५ । सेभिया स्पेनिस कप कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा लेगानेसलाई २–० ले हराएपछि सेभियाले समग्रमा ३–१ को जित निकालेर फाइनलमा स्थान बनाएको हो ।

खेलको १५ औं मिनेटमा नै घरेलु टिम सेभियाले अग्रता लिएको थियो । खेलको १५ औं मिनेटमा नै जाक्विन कोरिया तथा ८९ औं मिनेटमा फ्रान्सो भास्क्वेजले एक/एक गोल गरेका थिए ।

यसअघिको पहिलो लेगमा लेगानेसको घरेलु मैदानमा भएको थियो । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

आज भ्यालेन्सियाले बार्सिलोनाको सामना गर्नेछ । मेस्टालामा हुने खेलमा घरेलु टिम १–० को स्थितिबाट फर्कनु पर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here