एभर्टनले बर्खास्त गरेपछि डच टिम सम्हाल्न गए बार्साका लेजेन्ड कोइमन

बार्सा नेपाल, माघ २५ । इंग्लिस क्लब एभर्टनले बर्खास्त गरेका रोनाल्ड कोइमन नेदरल्याण्डका फुटबल टिमका मुख्य प्रशिक्षक बनेका छन् । जारी सिजनमा एभर्टनको प्रदर्शन खस्किएपछि उनलाई एभर्टनले बर्खास्त गरेको थियो ।

डच एफए (द केएनभीपी)ले एक विज्ञप्ती जारी गर्दै उनलाई राष्ट्रिय टिम सम्हाल्न जिम्मा दिइएको बताएको छ । यसअघि २ टिमको सहायक प्रशिक्षक तथा ९ टिमको मुख्य प्रशिक्षक बनेका उनले पहिलो पटक राष्ट्रिय टिम सम्हाल्न लागेका हुन् ।

नेदरल्याण्डको टिम निकै संकटमा परेको छ । गएको यूरो कपमा पनि सहभागीत जनाउन नसकेको उक्त टिमले आउँदो वर्ष रुसमा हुने विश्वकपमा पनि सहभागिता जनाृउन पाएको छैन । कोइमन सन् २०२० हुने यूरो कप खेल्ने लक्ष्याका साथ डच टिम सम्हाल्न पुगेका हुन् ।

बार्सिलोनाका लेजेन्डरी खेलाडी कोइमनको जन्म नेदरल्याण्डमै भएको हो । डिफेन्डर तथा मिडफिल्डर कोइमनले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनामा बिताए । बार्साबाट १९२ खेल खेलेका उनले ६७ गोलको योगदान पनि गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here