केही बेरपछि हुने भ्यालेन्सियासँगको खेलको लागि पिके तयार

बार्सा नेपाल, माघ २५ । डिफेन्डर जेरार्ड पिकेले आफू भ्यालेन्सियासँगको खेलको लागि तयार रहेको बताएका छन् । यसै हप्ता सम्पन्न क्याटालान डर्बीमा इस्प्यानियोलसँगको खेलमा घाइते भएका पिकेले आफूले मैदानमा उत्रन सक्ने अवस्थामा रहेको बताएका हुन् ।

बार्सिलोनाले शुक्रबार बिहान २ः१५ बजे (नेपाली समय अनुसार) भ्यालेन्सियासँग कोपा डेल रेको समिफाइनलको दोस्रो लेग खेल्दैछ । भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा हुने खेलमा बार्सिलोनालाई बराबरी भए पनि फाइनल प्रवेशको लागि पर्याप्त हुन्छ । यसअघि क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोना १–० ले विजयी भएको थियो ।

भ्यालेन्सियासँगको खेलको लागि पिके १८ जना सदस्यमा परेका छन् तर उनलाई प्रशिक्षक भालभर्डेले कसरी खेलाउँन् भने थाहा छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here