अाज मेस्टालामा हुने खेलमा यारी मिनाले डेब्यू गर्ने सम्भावना

बार्सा नेपाल, माघ २५ । बार्सिलोनाले आज अर्थात नेपाली समय अनुसार भोली बिहान २ः१५ बजे भ्यालेन्सियाको सामना गर्नुपर्नेछ । कोपा डेल रे सेमिफाइनलको दोस्रो लिग भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा हुन लागेको हो । यसअघिको पहिलो लेग क्याम्प नाउमा भएको थियो । जसमा बार्सिलोना १–० गोलले विजयी भएको थियो ।

आजको खेलमा यसै ट्रान्सफर विन्डोमा बार्सिलोना आएका कोलम्बियन खेलाडी यारी मिनाले डेब्यू गर्ने सम्भावना रहेको छ । यसअघि इस्प्यानियोलसँग भएको खेलमा गोल गरेका जेरार्ड पिके घाइते भएका थिए । यद्यपी उनी मेस्टाला जाने टोलीको अन्तिम १८ को सूचीमा परेका छन् । खेल खेल्ने या नखेल्ने भन्नेबारे केही बताइएको छैन ।

यता थोमास भर्माइलिन पनि घाइते भएको हुँदा यारी मिनाले डेब्यू गर्ने सम्भावना रहेको बताइएको छ । उनी टिमसँग नियमित ट्रेनिङ गरिरहेका छन् ।

भ्यालेन्सियासँगको लागि बार्सिलोनाको टिम,

बार्सिलोनालाई आजको खेलमा बराबरी गरे मात्रै पनि काफी छ । तर, मेस्टाला बार्सिलोनाको लागि कडा मैदान त्यसमाथि यस सिजन लिगमा राम्रो प्रदर्शन गरिरहेको भ्यालेन्सियासँगको खेल अत्यान्तै कठिन हुने प्रशिक्षम अर्नेष्टो भालभर्डेले बताएका छन् ।
यी दुई टिममध्ये समग्रमा जुन टिम अगाडि हुन्छ उक्त टिमले फाइनलमा सेभियाको सामना गर्नुपर्नेछ । सेभियाले बुधबार राति सम्पन्न खेलमा लेगानेसलाई समग्रमा ३–१ गोलले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here