कोन्टेलाई बर्खास्त गरेर चेल्सीका प्रशिक्षक लुईस इन्रिके !

बार्सा नेपाल, माघ २५ । बार्सिलोनाका पूर्व प्रशिक्षक लुईस इन्रिके इंग्लिस क्लब चेल्सी सम्हाल्न तयार भएको समाचारहरुमा उल्लेख छ । सन् २०१४ देखि २०१७ सम्म बार्सिलोना सम्हालेका उनी त्यसपछि आराम गर्ने भन्दै बसेका छन् । गत वर्षको प्रिमियर लिग विजेता चेल्सीले जारी सिजनको लिगमा सन्तोषजनक प्रदर्शन नगरेपछि एन्टोनियो कोन्टेको स्थानमा इन्रिके आउन लागेका हुन् ।

बेलायतको मेट्रो अनलाईनका अनुसार उनी चेल्सी आउनको लागि तयारी समेत थालेका छन् । बर्नमाउथ वार्टफोर्डजस्तो टिमसँग पनि चेल्सीले हार्न थालेपछि विकल्पको खोजीमा चेल्सी लागेको बुझिएको छ । टिमलाई सम्हाल्न सक्ने प्रशिक्षको खोजी गर्दा बिकल्पमा इन्रिके आएको छ । बार्सिलोनामा सफल भएका प्रशिक्षक इन्रिकेलाई चेल्सीले नै भित्र्याउने सम्भावना प्रवल रहेको बिभिन्न अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।

कोन्टेले यसै सिजन क्लब छोडे इन्रिकेलाई नियुक्त गर्ने नभए सिजनको अन्त्यमा कोन्टेलाई बर्खास्त गरेर इन्रिके भित्र्याउने तयारीमा चेल्सी रहेको बुझिएको छ ।

बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिमा १६ मा चेल्सी प्रतिद्धन्दी पाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here