NEXT MATCH: बार्सिलोना बिरुद्ध गेटाफे

बार्सा नेपाल, माघ २४ । स्पेनिस लिग ला लिगाको २३ औं खेल गेटाफेसँग खेल्दैछ । बार्सिलोनाले लिगको ११ औं स्थानमा रहेको गेटाफेसँग घरेलु मैदान क्याम्प नाउमा खेल्न लागेको हो ।

आइतबार राति ९ बजे (नेपाली समय अनुसार) हुने खेलमा स्यामुअल युम्टीटी हुनेछैनन् । उनी एलो कार्डको कारण सस्पेन्सनमा परेका हुन् । लिगको २२ खेल सकिँदा उनले ५ वटा एलो कार्ड पाएपछि उनले गेटाफेबिरुद्धको खेल गुमाउने भएका हुन् ।

त्यस्तै यसअघि इस्प्यानियोलसँग भएको खेलमा गोल गरेका जेरार्ड पिके घाइते बनेका छन् भने थोमास भर्माइलिन पनि घाइते भएको हुँदा यी खेलाडीहरुको अवस्था कस्तो हुने भन्नेबारेमा केही बताइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here