पीएसजीका कप्तान भन्छन्ः रोनाल्डोभन्दा मेसीलाई रोक्न निकै गाह्रो

बार्सा नेपाल, माघ २४ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका कप्तान थियागो सिल्भाले मेसी र रोनाल्डोमध्ये कुन चाँहीलाई डिफेन्समा रोक्न गाह्रो भन्नेबारे मुख खोलेका छन् ।

उनले लाटेनस्पोर्टसँग कुरा गर्दे रोनाल्डोभन्दा मेसीलाई रोक्न गाह्रोपर्ने बताए । उनले मेसीसँग फुटबलको विशेष रहेको बताउँदै मेसीको खुट्टामा बल भएको बेला खोस्न गाह्रो पर्ने भनाई छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल मड्रिड प्रतिद्धन्दी पाएको पीएजीका कप्तानले रोनाल्डोको यस सिजन सहज नहुने समेत उनले बताएका छन् । लिग वान् को शिर्ष स्थानमा रहेको पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग खेल्न यही फेब्रुअरी १४ मा सान्टियागो बेर्नाबेउ जाँदैछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here