बार्सिलोनाका ‘हिरा’ बर्थ डे ब्याई सर्जी रोबर्टोबारे अपत्यारिला तथ्यहरु

बार्सा नेपाल, माघ २४ । सन् १९९२ फेब्रुअरी ७ मा स्पेनको रियोसा जन्मिएका सर्जी रोबर्टो बार्सिलोनाको लागि ‘हिरा’ हो भन्दा फरक पर्दैन । सन् २००६ देखि बार्सिलोनामा आबद्ध रोबर्टोले सिनियर टिममा सन् २०१० मा डेब्यू गरेका हुन् । तर, उनले हालसम्म ११३ खेलमा मात्रै आफ्नो सहभागिता जनाउन पाएका छन् । यतिका प्रतिभावन् खेलाडी प्रशिक्षकहरुको कारण टिममा नियमित रुपमा पर्न सकेका छैनन् । जति पटक उनी टिममा परेका छन् । उनले आफ्नो खेल कौशल उच्चस्तरिय रुपमा देखाएका छन् ।

रोबर्टोले सन् २००६ देखि २००९ सम्म यूथ टिममा बिताए । त्यसपछि उनले बार्सा बीबाट अवसर पाएका हुन् । उनले सन् २००९ देखि २०१३ सम्म बार्सा बी बाट १०६ खेल खेले र ७ गोलको योगदान पनि गरे । सन् २०१० मा उनलाई तत्कालिन प्रशिक्षक पेप ग्वार्डिवलाले सिनियर टिमबाट डेब्यू गराएका हुन् । सन् २०१३ बाट भने उनी सिनियर टिममा स्थानान्तरण भएका हुन् । स्पेन तथा क्याटालोनियको टिमबाट पनि उनले खेल्ने अवसर पाएका छन् ।

सर्जी रोबर्टोलाई यूरोपका प्रतिष्ठित क्लबहरुले कयौं पटक स्थानान्तरको अफर गरेका छन् तर, उनले बरु खेल्नै नपाए पनि बार्सामै रहने भनेर कयौं पटक सार्वजनिक रुपमै भनेका छन् ।

धेरै बार्सा फ्यानहरुले उनलाई गत सिजन च्याम्पियन्स लिगमा पीएसजीसँग बार्साले गरेको ऐतिहासिक कमब्याकमा उच्च योगदान गर्ने खेलाडी भनेर चिन्छ । त्यस्तै रियल मड्रिडलाई ३–२ गोलले हराउँदा इन्जुरी समयमा डिबक्स एरियाबाट गोलको लागि बल उपलब्ध गराउँदाको योगदानको पनि चर्चा हुन्छ ।

उनको बारेमा केही रोचक कुराहरु

– खासमा उनी मिडफिल्डर हुन् । तर, उनलाई हरेकक प्रशिक्षकले फरक फरक स्थानबाट खेल्न लगाउँछन् । उनले खेलमा नखेलेको स्थान गोलकिपर मात्रै हो ।

– उनलाई केही ब्रिटिस खेलाडीहरु डेभिड बेकहाम, वाइन रुनी र फ्राङ्क लाम्पार्ड मनपर्छ ।

– संगीतका पारखी रोबर्टो कोल्ड प्ले तथा इड सेरिनका फ्यान हुन् त्यस्तै उनी एक्टर, कमेडियन, गायकक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डेनका ठूलो प्रशंसक हुन् ।

– रोबर्टोलाई फुटबलका अलावा बास्केटबल असाध्यै मन पर्छ । साथै कम्प्युटर तथा कन्सोल खेलका पनि उनी पारखी हुन् । उनी आफ्ना सहकर्मी तथा साथिहरुसँग मात्रै होइन अपरिचितसँग पनि अनलाईन गेमक खेलछन् ।

– बार्साका डिफेन्डर जेरार्ड पिके लगायतका अन्य खेलाडीहरु भान्साको कामा रुची राख्छन् तर, उनलाई यो सबैभन्दा मन नपर्ने काम हो । एक पटक उनले भनेका थिए ‘मैले भान्सामा सबैभन्दा राम्रो बनाउने भनेको सलाद हो ।’

– लुइस इन्रिकेको ठूलो प्रशंसक, इन्रिके बार्सा बीको प्रशिक्षक रहँदादेखि उनीहरुबीच राम्रो सम्बन्ध रहेको थियो ।

– रोबर्टो देख्दा जति सोझो देखिन्छन् तर वास्तविकता फरक छ । अरुलाई जिस्काउन उनी खप्पिस छन् । बार्सा बीमा रहँदा उनी एकदिन आफ्ना टिममेट एड्रिन कार्मोनाबो विवाहमा गएका थिए । उनी र उनका साथीहरु मिलेर एड्रिनको फोन तथा घडिको समय बगिारिदिएका थिए । एक्कासी मध्यरातमा एड्रिडयनलाई उठाएर ढिला भइसक्यो भन्दै हतार हतार तयार हुन लगाए जबकी उज्यालो हुन ६ घण्टा बाँकी नै थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here