डेम्बेले चोटमुक्त, भ्यालेन्सियासँगको खेलमा फर्कने सम्भावना

माघ २३ । गत जनावरीमा रियल सोसिडाडसँगको खेलमा घाइते भएका बार्सिलोनाका खेलाडी ओस्माने डेम्बेले अभ्यास खेलमा फर्किएका छन् ।

उनी इस्प्यानियोलसँगको खेलअघि नै अभ्यास खेलमा फर्किएको भए पनि उनी टिममा परेका थिएन् । उनी घाइते भएको समयमा चेल्सीसँगको खेलमा सम्भवता फर्किने अनुमान गरिएको थियो तर, उनी चाँडै नै चोटमुक्त भएका छन् ।

प्रशिक्षक अर्नेष्टो भालभर्डेले चाहेमा उनी भ्यालेन्सियासँग हुने कोपा डेल रे समेमिफाइनलको दोस्रो लेगमा उत्रने सम्भावना बलियो छ ।

बार्सिलोनाले शुक्रबार बिहान २ः१५ मा भ्यालेन्सियासँग मेस्टालामा दोस्रो लेग खेल्दैछ । यसअघिको पहिलो लेगमा बार्सिलोना १–० गोलले अगाडि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here