सबै फुटबल क्लबका समर्थकहरुले बिर्सनै नसक्ने त्यो दुखद् घटना …

बार्सा नेपाल, माघ २३ । म्यान्चेस्टर युनाइटेडको फुटबल टिम चढेको बिमान दुर्घटना भएको मंगलबार ६० वर्ष पुरा भएको छ । सन् १९५८ फेब्रुअरी ६ मा म्यान्चेस्टर युनाइटेडका खेलाडीहरु चढेको ब्रिटिस यूरोपियन एयरवेजको बिमान पश्चिम जर्मनीमा दुर्घटना भएको थियो ।

उडान भर्न लाग्दा म्युनिख रियम बिमानस्थलको धावनमार्गमा चिप्लिदाँ उक्त बिमान दुर्घटना भएको थियो । बिमानमा ३८ जना यात्रु तथा ६ जना चालक दलका सदस्य सहित ४४ जना रहेका थिए । जसमध्ये २३ जनाले दुर्घटनास्थलमै ज्यान गुमाएका थिए भने २१ जना बाँच्न सफल भएका थिए । दुर्घटनाबाट म्यान्चेस्टर युनाइटेडका खेलाडीहरु, क्लबका कर्मचारीहरु, पत्रकार तथा चालक दलका सदस्यहरुको मृत्यु भएको थियो

उक्त टिम तत्कालिन युगोस्लाभियाको बेलग्रेडबाट यूरोपियन कप खेलेर फर्किरहेको थियो । उक्त दुर्घटनाग्रस्त प्लेनलाई १० वर्षपछि बिमानस्थलबाट हटाइएको थियो ।

फुटबलको इतिहासमा भएको यो एउटा ठूलो दुखद् घटना हो । जसलाई म्यान्चेस्टर युनाइटेडका शुभचिन्तकलेमात्रै होइन फुटबललाई समर्थन गर्ने कसैले सबैले बिर्सन सक्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here