नेयमारले बार्सिलोनासँग ‘मुसा बिरालो’ खेल खेलेः बार्सा उपाध्यक्ष

बार्सा नेपाल, माघ २२ । बार्सिलोनाका उपाध्यक्षले नेयमारको बारेमा रहस्य खोलेका छन् । उपाध्यक्ष जोर्डी मेस्ट्राले नेयमार विश्वको सबैभन्दा महँगो खेलाडी भएर पेरिस सेन्ट जर्मेन (पीएजी) जानको लागि बार्सिलोनासँग ‘मुसा बिरोलो’ खेल खेलेको रहस्य खोलेका हुन् ।

ब्राजिलियन नेयमारले आफु राम्रो बन्न क्लबले आफूमाथि अन्याय गरेको आरोप लगाउँदै बार्सिलोना छोडेर पीएसजी गएको उनको भनाई छ । स्पेनिस मिडिया स्पोर्टसँग कुरा गर्दै उनले उनको यस्तो चरित्रले क्लबलाई पीडा दिएको बताएका छन् ।

बार्सिलोनाबाट जान चाहने खेलाडीले अन्यत्र क्लब जान पाएका छन् । जस्तो सेस फाब्रिगास, पेड्रो, साञ्चेज, मास्चेरानो जस्ता खेलाडीलाई क्लबले कहिल्यै रोकेन नेयमारको पनि स्थानान्तरणको कुरा चलिरहँदा क्लबले उनको भलाईको लागि नै काम गरिरहेको थियो । उनीसँग तथा उनका एजेन्ट उनकै बुबा नेयमार सिनियरसँग कुरा भइरहँदा पनि उनले नखरा पार्दै क्लबसँग अनावश्यक लफडा सृजना गरेको आरोप उनको छ ।

नेयमारको पछिल्लो गतिबिधिले उनकै बदनाम भएको मेस्ट्राको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here